यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ


नेपालगन्ज म्याराथनमा अघिल्लो संस्करणदेखि धारा जोडिएको छ । धारा नेपालगन्ज म्याराथनका रुपमा छैठौं संस्करण भव्य रुपले शनिबार आयोजना गरियो । आयोजनाको सेरोफेरोमा रहेर दैनिक नेपालगन्जले धारा शुद्ध तोरीको तेलका उत्पादक कम्पनी केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदिप कुमार छाजेडसँग गरिएको कुराकानी संक्षेपमा ।

प्रदिप कुमार छाजेड, महाप्रबन्धक
केएल दुगड ग्रुप

धारा नेपालगन्ज म्याराथन के का लागि ?
कुनै पनि दौड दौडनका लागि मुटु चाहिन्छ । म्याराथन ४२.६ किलोमिटर हुन्छ भने कसैले बिना मुटु, बिना दृढ निश्चय उ दौडन सक्दैन । र, धाराले मुटुलाई स्वास्थ्य बनाउँछ । स्वस्थ मान्छेले हरेक काम गर्न सक्छ । त्यो कारणले दुई वटाको स्लोगन र मर्म एक जस्तै भएको कारणले हामी त्यो सँग जोडिन पुगेका हौं ।

कर्पोरेट सेक्टरले स्पोर्टस्का धेरै ठाउँमा पार्टीसिपेट गरेको देखिन्छ । तर, त्यो यस क्षेत्रमा कम छ । किन स्पोर्टस्लाई सपोर्ट गर्दा प्रवद्र्धन देख्दैनन् ?
कुनै पनि सपोर्ट गर्दा कम्पनीको आयस्रोतमा पनि निर्भर पर्छ । यहाँ जुन उद्योग लागेका छन्, तिनको आयको निश्चितता छैन । खर्च मात्र निश्चित हुन्छ । त्यसैले हरेक बर्ष सपोर्ट गर्न गाह्रो हुन्छ । यहाँ जति पनि यहाँकै कच्चापदार्थमा चल्ने उद्योग हुन् । यहाँको कच्चापदार्थ पानी माथि निर्भर छ । खेती राम्रो हुने वा नहुने निश्चितता छैन । आयको सुनिश्चितता छैन, कहिले नाफा त कहिले घाटा हुन्छ । सपोर्ट गर्न उद्योग चाहन्छन् तर आय सुनिश्चित नहुँदा गर्न सकिरहेका छैनन् । निरन्तर लगानी गर्न चाहँदैनन् ।

औद्योगिक सहर भन्छन् त ?
उद्योगको सहर भनिन्छ । तर, उद्योगको सहर हुनका लागि न्यूनतम परिणाम परिपूर्ति हुनुपर्छ त्यो अहिलेसम्म भएको छैन । यहाँ हामीसँग कलकत्ता पोर्ट छ वा विशाखापटनम पोर्ट भन्नुस् । त्यसको दुरी लामो छ । त्यसैले यहाँ विदेशमा आधारित ठूला उद्योग लागेका छैनन् । सीमामा ड्राइपोर्ट बन्ने काम सुरु भएको छ । जति चाँडो हुन्छ बनाउनु पर्छ । त्यसपछि मात्र सहरको औद्योगिकरण हुनसक्छ । कुनै पनि कामका लागि ट्रान्सपोर्टेसन महत्वपूर्ण हुन्छ । तेस्रो मुलुकबाट सामान नेपालगन्ज आउँदा धेरै महंगो पर्दछ । भोलि रेल्वेबाट आयो भने धेरै सस्तो पर्छ । त्यसैले नेपालगन्ज औद्योगिक सहर मुखमा मात्रै आएको हो, परिकल्पना गरिएको हो, तर त्यसको लागि आगाडि बढ्न सकेको छैन ।

नेपालगन्जको विकासका लागि सरकारले के गर्नुपर्छ ?
सरकारले गर्ने भनेको पूर्वाधारको विकास हो । सडक, उद्योगको लागि आवश्यक लेबरको प्रशिक्षण, विद्युत, खानेपानी, जग्गा हुनुपर्छ । त्यो बिना कुनै पनि उद्योग फष्टाउन सक्दैन । अहिले जग्गा यति महंगो भएको छ । कुनै पनि उद्योग लगाउन जग्गामै थुप्रो खर्च हुन्छ । सरकारले जग्गा बैंक बनाओस् जहाँ सरकारले तोकेको मूल्य तिरेर उद्योग स्थापना गर्न सकियोस् । विद्युत तथा सडकको व्यवस्था गरियोस् । पूर्वाधारहरु भयो भने उद्योग स्थापना हुनसक्छन् ।
नौबस्तामा बन्ने औद्योगिक क्षेत्रमा दिने भनेको भाडामा जग्गा हो । भाडाको जग्गामा कसरी स्थायी संरचना बनाओस् उद्योगीले । सरकारी भएकाले त्यहाँ ठूलो उद्योग लाग्ने सम्भावना छैन । मझौला तथा साना उद्योग लाग्ला । भु स्वामित्व नहुँदा सम्म ठूला उद्योगीले कसरी ठूलो स्थायी संरचना निर्माण गर्न सक्छ । त्यसैले भूमि बैंक बनाएर उद्योगकै नाममा नामसारी गरेर दिनुपर्छ ।

तपाईहरुले कहिले देखि उत्पादन सुरु गर्नुभयो ? औद्योगिक वातावरण अझै नभएको हो ?
हामीले २०५० देखि उत्पादन सुरु गरेका हौं । अझै ठूला उद्योग स्थापना गर्ने परिकल्पना भएको छैन यहाँ । यहाँका लागि ठूला उद्योग होला । तर, देशका लागि चाहिने ठूला उद्योग यहाँ स्थापना भएका छैनन् । हामीले कोहलपुर, नेपालगन्ज रोडलाई औद्योगिक कोरिडोरको व्यवस्था गर्न भनेका थियौं । आज भन्दा तीन बर्ष अघिसम्म विद्युत सप्लाई घरेलु र उद्योगका लागि एउटै लाइन थियो । दिनमा १० पल्ट बत्ती जान्थ्यो । अहिले त्यो समस्या धेरै हदसम्म हल भएको छ ।

अहिले उद्योगले सामना गरेको संकट के हो ?
अहिलेको समस्या भनेको कर्मचारीहरुको व्यवस्थापन हो । कोभिडले गर्दा बाहिरबाट आउने जाने मान्छेलाई उद्योग भित्र राख्नुपर्ने अवस्था आयो । अहिले त्यो व्यवस्थापन हटेर गएको छ । सरकारले पनि उद्योगमा केही भए त्यसको सम्पूर्ण जिम्मेवारी उद्योग माथि नै छाडिदियो । त्यसले पनि समस्या भयो । उद्योगले अति आवश्यक वस्तु सप्लाई गर्छ भने महामारी फैलिएको बेलामा सरकारले त्यसको जिम्मेवारी लिनुपर्ने हो । त्यो समन्वयको अभाव देखियो । सरकारले कागजमा धेरै राहतका कुरा गर्यो । जस्तो विद्युतको डिमाण्ड शुल्क हटाउने कुरा गर्यो तर व्यवहारमा त्यस्तो पाएका छैनौं ।

सहरमा हुने स्पोर्ट इभेन्ट हुँदा घरेलु तथा स्थानीय उद्योग कसरी जोडिन सक्छन् ?
जबसम्म ठूला उद्योग आउँदैनन् । तबसम्म स्पोर्टस्लाई उद्योगहरुले सपोर्ट गर्ने भन्ने कुरा दीर्घकालीन हुन सक्दैन । यो तत्कालीन रुपमा कहिले धारा आउला त कहिले अरु उद्योग आउला तर निरन्तरता हुन गाह्रो छ । आगामी बर्षका लागि हामीले पुनः बोर्डमा लगेर छलफल गर्नुपर्छ । विदेशमा हेर्छौ भने क्लबहरु निरन्तर चलेका हुन्छन् कर्पोरेट क्षेत्रको सपोर्टमा छ । त्यसको ब्राण्ड र मार्केट दुवै भ्यालु हुन्छ । हामी कहाँ त्यो कल्चर डेभलप भएको छैन ।
पहिलो बर्षको अनुभवले उत्साहजनक थियो । हामीले अझै बढी सोचेका थियौं । तर, कोभिडका कारणले गर्दा धेरै इभेन्ट कम गर्नुपर्यो । आयोजकहरुको पनि धेरै बाध्यता रह्यो । धेरै गर्न सक्ने अवस्था रहेन । माइलेजको कुरा गर्दा बर्षमा एक पटक हुने हो । यसलाई बर्षभरी तथा अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । तत्कालीन अवस्थामा माइलेज राम्रै भएको हो ।

स्पोर्टस् इभेन्ट कसरी अगाडि बढोस् ?
खाली स्पोर्टस्मा अगाडि बढ्न राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरु हुनुपर्छ । जब आठौं राष्ट्रिय खेलकुद भयो यहाँ करोडौंका भौतिक सामाग्री निर्माण भए । साफको फुटबल हुँदा मध्य र सुदूरमा कुनै पनि इभेन्ट राखिएन । राख्नुपथ्र्यो नि । सरकारी नीति पनि हुनुपर्छ नियमित खेलका गतिविधिलाई ।

अन्त्यमा
म्याराथनमा कोभिड विरुद्ध जोगिन आफ्ना सुरक्षा गरौं । यहाँबाट जित्ने खेलाडीले टोकियो जानेछन्, उनीहरुले कुनै न कुनै पदक जितेर आउन् भन्ने शुभकामना दिन चाहन्छु ।

The submit यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *