म्यानमारमा सेनाद्वारा पुराना २४ मन्त्री बर्खास्त‚ ११ नयाँ मन्त्री थप


बर्मा- सोमबार राती म्यानमारमा सेनाले पुराना २४ मन्त्रीलाई बर्खास्त गरी ११ जना नयाँ मन्त्री थपेको छ। नयाँ मन्त्रीमा सेनाका पूर्व जनरल कोलनलसहित केही मन्त्री भने पुरानै पदमा रहेको म्यानमारमा रहेका नेपाली पत्रकार दिपक भट्टराईले जानकारी दिए।

यसका साथै सेनाले विदेश मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध र वैदेशिक आर्थिक सम्बन्ध गरी तीनवटा परराष्ट्र बनाएको छ।

‘राति बर्मेली सैनिक सरकारले पुराना २४ मन्त्रीलाई हटाई ११ मन्त्री थपेको छ।अन्त नयाँ मन्त्री सेनाका पूर्व जनरल, कोलनल र केही पदमै भएका छन्‚’ भट्टराईले ट्विटरमा लेखेका छन्‚ ‘रमाइलो चाहीँ परराष्ट्र तीनवटा भएका छन्।’

त्यस्तै म्यानमारी सेनाले नयाँ निर्वाचन आयोग बनाउने घोषणा गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग‚ न्यायाधीशहरू र मानव अधिकार आयोगमा भने पुरानै निरन्तरता दिने भएको छ।

‘निर्वाचन आयोग नयाँ बनाउने घोषणा। अख्तियार दुपयोग अनुसन्धान आयोग, न्यायाधीशहरू र मानव अधिकार आयोगमा पुरानैलाई निरन्तरता दिने। आजबाट बैंक खुला‚’ पत्रकार भट्टराईले नेतृ आङ सान सुकीको बारेमा थाहा पाए उनलाई भगवानजस्तो मानेर पुजा गर्ने धेरै भएको उल्लेख गर्दै लेखेका छन्‚ ‘धेरै बर्मेलीको चासो आङ सान सुकी र राष्ट्रपति कहाँ छन् भन्ने छ। सुकी कस्तो होलिन्‚ भन्नेछ। सुकीलाई भगवान जसरी पूजा गर्ने धेरै छन्।’



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *