१३ चैत, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा १५५ जना परीक्षार्थीहरु पास भएका छन् । काउन्सिलले शुक्रबार सञ्चालन गरेको बिशेष परीक्षामा ३३० जना परीक्षार्थीहरु सहभागीमध्ये ४७ प्रतिशत पास भएको हो ।
परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीहरले यो सूचना प्रकाशित भएको मितिले पैंतीस (३५) दिन भित्र बिशेषज्ञ दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन गर्नुपर्ने छ ।
आवेदन गरेको मितिले १५ कार्यदिन पछि प्रमाणपत्र तयार हुनेछ । बिशेषज्ञ दर्ता प्रमाणपत्रका लागि तोकिएको समयमा अनलाइन आवेदन दिने सबै चिकित्सकहरुको प्रमाणपत्रमा दर्ता मिति २०७७/१२/१७ उल्लेख हुनेछ । ३५ दिन भित्र आवेदन नदिएका र प्रकृया पूरा नगरेकाहरुको हकमा प्रमाणपत्रमा आवेदन स्वीकृत भएको मिति उल्लेख हुनेछ ।
यसका साथै परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले यो सूचना प्रकाशित भएको मितिले पैंतीस (३५) दिन भित्र पूनर्योगका लागि एक हजार पाँचसय रुपैंया) दस्तुर बुझाई आफ्नो नाम, रोल नम्बर स्पष्ट लेखि काउन्सिलको इमेल nmc@nmc.org.np मार्फत आवेदन गर्न सक्नेछन् ।