मानन्धरका हत्यारा पाँच बर्षपछि पक्राउ


चेतन मानन्धर दुई जना हत्यारालाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा मंगलबार भएको पत्रकार सम्मेलनमा मानन्धर हत्या मुद्दामा उच्च अदालत तुलसीपुरबाट जन्मकैदको फैसला भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
मानन्धरको २०७२ असार २८ गते एउटा समूहले खुडा प्रहार गर्दा गम्भीर अवस्थामा अस्पताल उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।

प्रहरीले हत्या घटनाका अभियुक्त हरि वली र विवाद पाठकलाई पक्राउ गरेको हो । घटनामा संलग्न मध्ये हालसम्म १२ जना पक्राउ परेका छन् । अझै ३ जना फरार रहेको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिएका छन् । घटनामा संलग्न १ जना दोषी विदेशमा लुकेको खबर छ, उनीलाई पक्राउ गरी ल्याउन इन्टरपोलमार्फत प्रयास भैरहेको उनले बताए । बाँकी दुईको खोजीका लागि विशेष प्रहरी परिचालन गरिएको बाँके प्रहरीले जानकारी दिएको छ ।

The submit मानन्धरका हत्यारा पाँच बर्षपछि पक्राउ appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *