भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु


१९ कात्तिक, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका–१० बस्ने ३९ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी उनलाई १७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था जटिल बनेपछि सोही दिनदेखि कोभिड आइसियूमा राखेर उपचार थालिएको थियो ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *