भन्दै हिंड्न थालेपछि सकिदिएको हुँ – भतिज


बेंसीसहर । लमजुङको सुन्दरवजार–४, दुराडाँडाकी ३५ वर्षीया धनमाया भुजेल (मगर) को आफ्नै भ’तिज र भा’न्जाले जी’वन रि’त्याए । त्यसको कारण झनै अनौठो छ । ज्यानसम्बन्धि उद्योगको आरोपी मृतक भुजेलका भतिज २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई लमजुङ प्रहरीले पक्राउ गरेर घटना सार्वजनिक गरेको हो। घटना भएको ३६ घण्टामा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाका अनुसार मृतक महिला र घटनामा संलग्न सागरबीच केही महिनादेखि अaनैतिtक सम्बन्ध रहेको रहस्य खुलेको छ। उनीहरुबीच सsम्बन्ध रहेको र ती महिला गर्भवती भएको भन्ने गाउँमा हल्ला चलेपछि सागरले घटनाको योजना बनाएका थिए। सागरले आफ्ना मिल्ने साथी विकास भुजेलको सहारा लिएर महिलामाथी ज्याsनसsम्बन्धि उuद्योग गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

मंसिर ३० गते राती योजना बुनेका सागर र विकासले पुस १ गते बिहानै मृतकका श्रीमान् काममा बाहिर निस्किएको मौका छोपेर घटना घटाएका थिए। मृतक धनमायाका श्रीमान ध्रुव भुजेल छिमेकीको गाई फार्ममा काम गर्ने गर्दथे। सो दिन बिहानै उनी गाई फार्ममा काम गर्न गएका थिए।

उनी गाई फार्ममा काम गर्न गए÷नगएको स्वयम् धनमायालाई फोन गरि निश्चित गरेर अभियुक्त घरमा पुगेका थिए। ‘श्रीमान काम गर्न गए÷नगएको धनमायालाई फोनबाट निश्चित गरि घरमा आएको देखिन्छ। अभियुक्तले धनमायाबाहेक गाई फार्ममा काम गर्ने अर्को व्यक्तिलाई पनि फोन गरेका छन्’, डीएसपी थापाले भने, ‘फोनबाट धनमाया एक्लै भएको निश्चित भएपछि अभियुक्तहरु आएर घटना गराएका छन्।’

डीएसपी थापाका अनुसार अभियुक्तद्वयले धनमायालाई स’लको साहारामा पिँढीमा रहेको जाँ’तो प्रयोग गरेर घटना गराएका थिए। मृतक धनमायाँको मृत शरीरलाई त्यसपछि बारीमा रहेको गोबर ग्याँसको से’फ्टी ट्याँ’ङ्कीमा छोडेर हिँडेका थिए।

प्रहरीका अनुसार अभियुक्त सागरलाई पोखरा र विकासलाई नीजकै घरबाट पक्राउ गरिएको हो। सागर सशस्त्र प्रहरीमा भर्ना हुनका लागि परीक्षा दिन पोखरा गएका थिए। प्रहरी नियन्त्रणमा रहेका दुवैजनालाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी ज्या’न स’म्बन्धी कसुरमा मुद्धा चलाइएको डीएसपी थापाले बताए। दुवैजनाले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ।

घटना भएको दिन बिहानै मृतकको घरमा पुगेका आफन्तले पिढी र आगनमा घटनाका प्रमाणहरु देखेपछि पच्छाउदै जाँदा से’फ्टी ट्याँ’कीमा धनमाया मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए। घटनाको अनुसन्धानमा डीएसपी थापाको टोली र प्रदेश प्रहरीबाट तालिमप्राप्त कुकुरको समेत सहायता लिइएको थियो। चितवन माइती रहेकी धनमाया ६ वर्षअघि ध्रुव भुजेलसँग विवाह गरेर दुराडाँडा आएकी थिइन्।

यो पनि :  कलेजो प्रत्यारोपणका लागि रु १४ लाख सहयोग

म्याग्दीका एक व्यक्तिलाई कलेजो प्रत्यारोपणका लागि करिब रु १४ लाख सहयोग जुटेको छ । कलेजोको समस्याले थलिएका धवलागिरि गाउँपालिका–७ धारापानीका ५३ वर्षीय खड्कबहादुर थापाको उपचारका लागि सोमबार रु १३ लाख ९६ हजार ३९६ सहयोग गरिएको हो ।

काठमाडौँ–धारापानी सम्पर्क समाजले स्वदेश तथा विदेशमा रहेकाहरुबाट सो रकम सङ्कलन गरेर थापाको कलेजो प्रत्यारोपणका लागि सहयोग गरेको जनाएको छ । अभियानको नेतृत्व गर्नुभएका समाजका अध्यक्ष क्याप्टेन भरतबहादुर थापाले सङ्कलित रकम थापालाई उपलब्ध गराइएको जानकारी दिनुभयो ।

“नामावली र ठेगानासहितको विवरण सोमबार सार्वजनिक गर्दै समाजले सहयोगदातालाई धन्यवाद ज्ञापन गरेको छ”, उहाँले भन्नुभयो, “सहयोग जुटाउन फलियागाउँ–काठमाडौँ समाजले पनि सघाएको थियो ।” नवलपुरको बेल्डीयाबाट केशरबहादुर थापा र डम्मरबहादुर थापाको संयोजकत्वमा रु ६८ हजार ५०५, कोरियाबाट कृष्णबहादुर थापाको संयोजकत्वमा रु ६९ हजार, जापानबाट काजी थापा, जीतबहादुर खत्री र अमृत थापाको पहलमा रु एक लाख ८८ हजार १९०, अष्टे«लियाबाट किसान पुन मगर, चक्रबहादुर थापा, भूपेन्द्र थापा, सन्तोष थापा र चन्द्रप्रकाश थापाको अगुवाइमा रु एक लाख ८७ हजार सङ्कलन भएको थियो ।

बेनीमा बस्दै आउनुभएका ५३ वर्षीय थापाको उपचारको क्रममा अर्थाभावपछि परिवारले सहयोगको अपिल गरेको थियो । ओमकुमारी शान्ति कोषले पनि थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । बेनीको न्यूरोडका व्यवसायी र थापाका आफन्त एवं धारापानीका बासिन्दाले पनि सहयोग गरेका थिए ।

निर्माणसम्बन्धी काम गरेर जीविकोपार्जन गर्दै आउनुभएका थापाको हाल भारतको मुम्बईस्थित नायर अस्पतालमा उपचार भइरहेको छ । थापाकी श्रीमती यामुले आवश्यक आर्थिक स्रोत जुटेपछि शल्यक्रिया गरेर कलेजो प्रत्यारोपणको तयारी भएको बताउनुभयो ।

पहिरोपीडितको घर बनाउन जग्गा खरिद

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा पहिराका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि जग्गा खरिद भएको छ । पहिराबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाको स्थायी बसोबासका लागि घर निर्माण गर्न बिम मालिका सङ्घले पाँच रोपनी जग्गा खरिद गरेको हो । गत असार २५ र २६ गतेको पहिरोका कारण बिमको तल्लोगाउँ, नौरुङ, दुले र बाइन्दफाँटमा ३३ घर भत्किएको थियो । आठको मृत्यु र एक जना बेपत्ता भएका थिए ।

घरवास गुमाएका मध्ये एकको काठमाडौँमा घर छ । बीस जनाको अन्यत्र जग्गा छ । घर र जग्गा सबै पहिरोमा गुमाएका १२ परिवारका लागि घर निर्माणका लागि वडाका जनप्रतिनिधि र अगुवाले पहिचान गरेको जग्गा सङ्घले खरिद गरेको हो । रु २० लाखमा बिमको तल्लोगाउँस्थित हिराजित स्मृति युवा क्लबको खेलमैदान नजिकै तल्लोबोट भन्ने ठाउँमा जग्गा खरिद गरिएको समन्वय गर्नुभएका दल शेरबुजाले बताउनुभयो । सो जग्गामा घर निर्माण गरेर पहिरोपीडितलाई हस्तान्तरण गर्ने तयारी भएको छ । स्वदेश तथा विदेशमा रहेका बिमवासीले आर्थिक स्रोत जुटाएका हुन् । वडाध्यक्ष रेशम जुग्जालीले अहिलेसम्म आठ परिवारले सो जग्गामा बन्ने घरमा बस्न सहमत भएका जानकारी दिनुभयो । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले १० घर बनाउने तयारी गरेको छ ।

उनीहरुको पुनःवासका लागि समुदायस्तरबाट स्वदेश तथा विदेशमा आर्थिक सहयोगसमेत सङ्कलन भएको छ । घरवास गुमाएकालाई विदेश र शहरमा भएकाको खाली घर तथा आफन्तकहाँ राखिएको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *