बिहारको विधानसभा चुनावमा कम्युनिष्ट पार्टीलाई उल्लेख्य सफलता

बिहारको विधानसभा चुनावमा कम्युनिष्ट पार्टीलाई उल्लेख्य सफलता


२६ कात्तिक, काठमाडौं । बिहारको विधानसभा निर्वाचनमा कम्युनिष्ट पार्टीहरुले पहिलेको तुलनामा आफ्नो अवस्था सुदृढ बनाएका छन् ।

राष्ट्रिय जनता दलसँगको एलाइन्समा तीन कम्युनिष्ट पार्टीले जम्मा २९ वटा सिटमा प्रतिस्पर्धा गरेका थिए । २९ सिटमध्ये कम्युनिष्ट पार्टी अफ इन्डिया (सिपिआई) ६ सिटमा,  सिपिआई (एमएल) १९ सिटमा र कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई एम) ले चार सिटमा प्रतिस्पर्धा गरेका थिए ।

पछिल्लो नतिजा अनुसार सिपिआईले दुई सिट जितेको छ, सिपिआई (एमएल)ले १२ सिटमा र सिपिआई(एम) ले २ सिट जितेका छन् । बिहारमा आफ्नो दलको अवस्था सुध्रिएपछि कम्युनिष्ट पार्टीका नेताहरु उत्साहित देखिएका छन् । यस पटक तीन कम्युनिष्ट पार्टीले जम्मा १६ सिट जितेका छन् ।

सन् २०१० मा कम्युनिष्ट पार्टी अफ इन्डिया (सिपिआई) ले एक सिट जितेको थियो भने सन् २०१५ को निर्वाचनमा कम्युनिष्ट पार्टी अफ इन्डिया–एम–एल(लिवरेसन) ले तीन सिट जितेको थियो । अन्य दुई वामपन्थी दलले एक सिट पनि जितेका थिएनन् । यस अगाडिको विधानसभा निर्वाचनमा कम्युनिष्ट पार्टीले जम्मा ३ सिट जितेको थियो ।






यो पनि पढ्नुहोस
बिहारमा फेरि एनडीए गठबन्धनलाई बहुमत





Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *