बाँके : ज्यान मुद्दा बढ्यो, अन्य घटे


गत आ.व.को पाँच महिनाको तुलनामा चालु आ.व.को पाँच महिनामा अपराधिक घटनामा कमी आएको प्रहरी तथ्यांकले देखाएको छ । प्रहरी तथ्यांक अनुसार, गत आ.व. को साउनदेखि मंसिरसम्म ४ सय ९८ वटा मुद्दा दर्ता भएका थिए । सो संख्या चालु आ.व.को सोही अवधीमा कमी आई ३ सय ६४ मात्रै रहेको छ । कोभिडका कारण उत्पन्न असहज परिस्थितिले पनि अपराधिक घटनामा कमी आएको हुनसक्ने प्रहरी अधिकारीहरु नै बताउँछन् ।

गत आ.व.को साउनदेखि मंसिर सम्मको तुलनामा चालु आ.व.मा चोरीका घटनामा कमी आएको छ । प्रहरी तथ्यांक अनुसार, गत आ.व.को पाँच महिनामा सामान्य चोरी ३९, जबजस्ती चोरी २, नकबजनी चोरी ७, सवारी चोरी ७ वटा मुद्दा दर्ता भएकोमा चालु आ.व.मा क्रमशः त्यो संख्या ९, ०, ७, ३ र २ मा झरेको छ ।

भवितव्य ज्यानका मुद्दा पनि गत बर्षको पाँच महिनाको अवधीको तुलना गर्दा चालु आ.व.मा घटेको छ । गत आ.व.को साउनदेखि मंसिरसम्म १३ मुद्दा दर्ता भएकोमा त्यो संख्या चालु आ.व.मा ४ वटा मात्रै रहेका छन् । अभद्र व्यवहारका मुद्दा गत बर्षको सोही अवधीमा १ सय १६ रहेकोमा चालु आ.व.को उक्त अवधीमा ९२ मात्रै रहेको छ ।

गत आ.व.को सुरुको पाँच महिनामा सवारी ज्यानका २६ मुद्दा दर्ता भएकोमा सोही अवधीमा चालु आ.व.मा २१ मुद्दा दर्ता भएका छन् ।

ज्यान मुद्दा बढी

गत आ.व.को पाँच महिनाको तुलनामा चालु आ.व.को सोही अवधीमा बाँकेमा ज्यान सम्बन्धी मुद्दा ह्वात्तै बढेको छ । बाँके प्रहरी प्रहरी प्रवक्ता सुवास खड्काका अनुसार, गत आ.व.को साउनदेखि मंसिरमा ज्यान मार्ने उद्योग सम्बन्धी १५ वटा मुद्दा दर्ता भएकोमा चालु आ.व.को पाँच महिनामा त्यो बढेर ३४ पुगेको छ ।

The submit बाँके : ज्यान मुद्दा बढ्यो, अन्य घटे appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *