बाँकेका एक महिलासहित एकैदिन तीन कोरोना संक्रमितको बाँकेमा मृत्यू


बाँके, १५ कात्तिक ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका–२० की ६० बर्षिया कोरोना संक्रमित महिलाको मृत्यू भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई शिक्षण अस्पतालको कोरोना विशेष वार्डमा भर्ना गरिएको थियो ।
उनको शनिवार बेलुकी ६ बजे मृत्यू भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘दुखद खवर, भरखरै साँझ ६ बजे शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका–२० की ६० बर्षिया संक्रमित महिलाको मृत्युु भएको छ ।’
यसैवीच, बाँकेमा उपचाररत दाङका दुई जना कोरोना संक्रमितको शनिवार मृत्यू भएको थियो । शनिवार विहान घोराही उपमहानगरपालिका–४ का ७० बर्षिय कोरोना संक्रमित पुरुष र दिउँसो तुलसीपुर उपमहानगरपालिका–१८ का ७० बर्षिय कोरोना संक्रमित पुरुषको शिक्षण अस्पताल कोहलपुरमा मृत्यू भएको थियो ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *