बर्खास्त मन्त्री बोहरा भन्छन्– मुख्यमन्त्रीको पद पनि सुरक्षित छैन

बर्खास्त मन्त्री बोहरा भन्छन्– मुख्यमन्त्रीको पद पनि सुरक्षित छैन


१४ पुस, कैलाली । मंगलबार पदबाट बर्खास्त भएका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको पद पनि सुरक्षित नभएको दाबी गरेका छन् ।

‘मलाई राजनैतिक पूर्वाग्रहमा जिम्मेवारीबाट हटाइयो,’ अनलाइनखबरसँग उनले भने, ‘अर्काे पक्षले पनि त बहुमत बनाउँला । उहाँको पद पनि सुरक्षीत रहिरहन्छ भन्ने छैन ।’

प्रदेश सरकारमा एक जना मात्रै ओली पक्षका मन्त्री बोहरा थिए । मुख्यमन्त्रीले आफू निकट नभएको भन्दै हटाएको उनको आरोप छ ।

भट्ट भन्छन्, ‘आफू पार्टीबाट अलग भएर जाने, अनि मलाई जिम्मेवारीबाट मुक्त गर्ने त्यो राजनीति पूर्वाग्रह नभए के हो त ?’

बोहराले आफ्नो बर्खास्तगीलाई सामान्य रूपमा नलिने बताए । ‘बसेर छलफल गर्छाै । पार्टीले जे निर्णय गर्छ त्यही अनुसार हामी अगाडि बढ्छु’ उनी भन्छन् ‘विभाजित हुने अवस्था सुरु भएपछि संसद्मा पनि आ–आफ्नो पक्षमा लाग्लान् ।’

अहिले सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य रहेका छन् । यसमा १२ जना कांग्रेसका सांसद र २ जना जनता समाजवादी पार्टीका छन् । ३९ जना नेकपाका सांसद मध्ये सभामुख र उपसभामुख बाहेक ३० जना प्रचण्ड–माधव र ७ जना ओली पक्षमा छन् ।

बर्खास्तपछि मन्त्री बोहराले आफूलाई जिम्मेवारीबाट हटाएको विषयमा आधिकारिक जानकारी नदिएको आरोप लगाए ।

‘उहाँहरूले निर्णय गरिसक्नु भयो । तर, मलाई जानकारी भएन,’ उनले भने, ‘बाहिरबाट जानकारी पाएपछि मुख्यमन्त्रीलाई धन्यवाद दिएँ । तपाईंले धन्यवाद त दिन सक्नुभएन मैले दिएँ भने ।’



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *