धनगढीः कैलालीमा प्रेमिकाको ज्यान लिएको आशंकामा पक्राउ परेका कार्यवाहक वडाध्यक्ष विरुद्ध देहत्याग दु’रुत्सा’हन मुद्दा परेको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीमाथि देहत्याग दु’रु’त्सा’हन मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए। उनका प्रेमिका अञ्जिता चौधरीले उनकै घरमा आइतबार विहान झु ण्डि’ए’को अवस्थामा मृत फेला परेकी थिइन्।
वडा अध्यक्ष चौधरीलाई घटनामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले आइतबार नै नियन्त्रणमा लिएको थियो।
मृतकका दाजु रमेश चौधरीका अनुसार अञ्जिता विगत १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी थिइन्। तर वडा अध्यक्ष चौधरीले अञ्जितालाई झुक्याएर हालै अर्को विवाह गरेको दाबी मृतकका आफन्तजनले गरेका छन्।
प्रहरीका अनुसार मृतक २२ बर्षीया अन्जिता चौधरी वडा सदस्य निरजबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । तर निरजले शनिबार अर्कै युवतीलाई ल्याएका थिए । त्यसपछि गएराति नै अन्जिता र उनको परीवार निरजको कोठामा पुगेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । त्यसक्रममा निरजले अन्जितासँगै अर्की युवती दुवैलाई श्रीमततिको रुपमा स्वीकारेर राख्ने सर्तमा त्यही परीवारले छोडको बताइएको छ ।