प्रहरीलाई १०० मा आएको दिदीको त्यो फोनले झस्कियो, तुरुन्तै दिदि भएको ठाउँमा पुग्दा त आफ्नै भाइले……


एकै गाउँका तीन युवक एकै ट्र्याक्टरमा काम गर्थे। चैत ५ गते दिनभर खोलाकिनारमा ढुंगा, बालुवाको काम गरे। साँझ ट्र्याक्टरमा चालकलाई बीच पारी दायाँ–बायाँ दुई सहचालक बसे। उनीहरू ढुंगा, बालुवा भरिएको ट्र्याक्टर लिएर गल्याङ नगरपालिका–८ बग्रान्तीतर्फ लागे।

ट्र्याक्टर गुडिरहेकै बेला एक सहचालक १९ वर्षे गणेश गाहा भुइँमा खसेर घाइते भए। त्यसपछि चालकले ट्र्याक्टर फर्काए। घाइते अवस्थामा रहेका गाहालाई ट्र्याक्टरमै राखेर कालीगण्डकी नदीको साखरघाट पुर्‍याए।

तब चालकले काँधमा हालेर लगे अनि नदीको बहावसँगै बगाइदिएको पाइएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए। त्यही घटनाका एक आरोपित व्यक्ति हुन्, सहचालक २१ वर्षे सुनील राना। उक्त घटना सुनाएपछि दिदीले नै उनलाई प्रहरीमा पुर्‍याएका थिइन्।

घटनापछि राना चालक २४ वर्षे अमित परियारको घरमा बसेका थिए। परियार भोलिपल्ट बिहानै बुटवलमा ससुरालीको घरतर्फ लागे। राना भने पाल्पास्थित दिदीको घरमा पुगे। त्यहाँ बस्दै गर्दा उनलाई उकुसमुकुस भयो।

अन्ततः उनले दिदी देवी घिमिरेलाई घटनाको वास्तविकता सुनाए। उनले दिदीलाई भने, ‘मेरो सहायताले चालक अमित परियारले काँधमा बोकेर लगी अस्ति राति घाइते गणेशलाई कालीगण्डकी नदीमा फा’लिदिए।’

उनी घटना सुनेर झ’स्किइन्। गाहालाई भाइसरह सम्झिइन्। यस्तो घटना लुकाउन हँुदैन भन्ने ठानेर उनले प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिइन्। त्यसपछि भाइलाई लिएरै प्रहरी चौकीमा पुगिन्। भाइले गरेको गल्तीको कानुनी उपचार पाउनुपर्छ भन्दै उनी अघि बढिन्। परियारलाई फोन गरेर बोलाएतर आउन नमानेको प्रहरीले जनाएको छ।

राना चैत ८ गते पक्राउ परे। उनकै सहायतामा प्रहरीले अनुसन्धान अघि बढायो। पत्नी र एक छोरीसहित भारततर्फ जान लागेको अवस्थामा परियारलाई पनि रूपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए।

परियार रूपन्देहीमा लुकिछिपी बसेको सूचनाका आधारमा प्रहरी निरीक्षक हरिप्रसाद पौडेल नेतृत्वको टोली खटिएको थियो। परियार सासू सिकिस्तै बिरामी भएको र नगई नहुने जनाउँदै पत्नीसहित बुटवल जानै पर्ने भनेर त्यसतर्फ लागेको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ।

ट्र्याक्टरबाट ख’सेर घाइते भएका गाहा नदीमा फा’लेपछि बे’पत्ता भई घटनाबारे कसैलाई थाहा हँुदैन भन्ने अक्कल लगाउँदा ज्या नै गएको जिल्ला प्रहरी प्रमुख बोगटीले बताए। ‘घाइतेलाई उपचारमा लग्नुपर्नेमा ज्या नै लिनेसम्मका काम गरे’, उनले भने, ‘सवारी दुर्घटनासम्बन्धी मुद्दालाई बेवास्ता गर्नाले क र्तव्य ज्या न मु द्दा बन्यो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा भवानी अधिकारिले यो समाचार लेखेकी छन् । सांकेतिक तस्विर



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *