प्रहरीलाइ चिट्ठी : ‘म जिउँदै छु’


एउटा युवतीको करणी पछि ज्या’न लिएको प्रकरणमा प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको थियो । घटनाको दशैं दिनसम्म प्रहरीलाई घटनामा संलग्न व्यक्ति त मिलेनन्, बरु युवती जिउँदै रहेको ‘प्रमाण’ फेला पर्‍यो ।

प्रहरीले जुन युवतीको क’रणी पछि ह ‘त्या भएको भनेर खोजी गरिरहेको थियो, घटनाको दशौं दिनमा युवतीले ‘म जिउँदै छु’ भनेको भिडियो प्रहरीको हातमा पर्‍यो ।घटना नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहार अन्तर्गतको वैशाली जिल्लाको हो ।

वैशाली जिल्लाको रहिमापुर प्रहरी थानामा मा गत २२ अगस्टमा बाकरपुर घर भएका एउटा पुरुषले मेनका नाम गरेकी आफ्नी छोरीको अ ‘पहर’ण भएको भन्दै उजुरी दिएका थिए । उजुरी दर्ता भएकै दिन प्रहरीले एक युवतीको शव फेला पार्‍यो ।

उक्त शव क’रणी पछि ह ‘त्या गरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । उक्त व्यक्तिको पहिचान मेटाउनका लागि शवलाई ए ‘सिड हा’ लेर च लाइएको थियो । प्रहरीले फेला परेको शव मेनका कै हुने आाशंकामा उजुरी दिने व्यक्ति (उनका बुवा)लाई सम्पर्क गर्‍यो । ज ‘ला’इएको हुनाले परिवारका सदस्यले शव चिन्ने अवस्था थिएन ।

उनीहरुले छोरीको अन्तिम संस्कार गरे भने प्रहरीले घटनामा संलग्नहरुको खोजी थाल्यो । तर, घटना भएको दशौं दिन प्रहरीले एउटा भिडियो फेला पार्‍यो । उक्त भिडियोमा मेनका आफू जिउँदै रहेका बताइरहेकी थिइन् ।

मेनकाले भिडियोमा भनेकी छन् कि उनी आफ्नो इच्छाअनुसार घरबाट आफ्ना प्रेमीसँग भागेकी हुन् । आफूले विवाह पनि गरिसकेको भिडियोमा बताएकी छन् । तर, परिवारका सदस्यहरुले आफ्नो ह ‘त्या भएको भनेर झुटो उजुरी दिएको उनको भनाइ छ । भिडियोमा मेनकाले भनेकी छन् कि उनले आफ्नो परिवारका सदस्यलाई फोन गरेर पनि आफू जिउँदै रहेको र प्रेमीसँग विवाह गरेको जानकारी दिएकी थिइन् । तर, परिवारका सदस्यहरुले आफ्नो बारेमा गलत उजुरी दिएको र आफ्नो मृत्यु (ह ‘त्या) भएको भनेर अन्तिम संस्कार गरेको उनको भनाइ छ ।

प्रहरीले उजुरी दर्ता गरिएको केसमा अभियुक्तको खोजी गरिरहेको थियो । तर हराएकी भनिएकी युवतीले भिडियोमा आफू जिउँदै रहेको र प्रेमीसँग विवाह गरेको बताएपछि प्रहरी नयाँ उल्झनमा फसेको छ । अन्तिम संस्कार गरेको अर्की युवतीको शव समेत फेला परेको र शवको अन्तिम संस्कार समेत भइसकेपछि प्रहरीले अनुसन्धानलाई नयाँँ शिराबाट अगाडि बढाएको छ ।

यो पनि : सफलता प्राप्त गर्न के गर्ने ? पढ्नुहाेस् चाणक्यका ६ नीति

चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन्।

चाणक्यले यस्ता कुरा बताएका छन्, व्यक्तिले जीवनमा कहिले हानी वा नोक्सानको सामना गर्नुपर्दैन। उनका यी नीतिहरुलाई लागू गर्ने हो भने मानिस जस्तासुकै नोक्सानबाट बच्न सक्छ। चाणक्यका ६ नीति ख्याल राख्दा जीवनमा एक रुपैयाँ पनि घाटा हुन्न।

आफ्नै पहिचान

मानिसलाई आफ्नो योग्यता र कुशलताको पहिचान हुनुपर्छ। योग्यताले नभ्याउने काम गर्नुहुन्न। आफूलाई सुहाउने र क्षमता पुग्ने कार्य गर्दा सफलता हासिल हुन्छ।

मित्र र शत्रुको पहिचान

मानिसले आफ्ना मित्र र शत्रु चिन्न सक्नुपर्छ। हामीले सच्चा मित्र र शत्रु चिन्यौ भने हानीबाट बच्न सकिन्छ। जीवनमा मित्रका भेषमा शत्रु पनि आउँछन्। यिनीहरुबाट बच्नुपर्छ। शुत्रलाइ चिनेर उनीहरुबाट सधै बच्नुमा भलाई हुन्छ।

स्थानको पहिचान

मानिसलाई आफू बसेको स्थानका बारेमा पहिचान हुनुपर्छ। त्यहाँको वातावरण र परिस्थितिले धेरै कुरा तय गर्छन्। यदि खराब मानिस बस्दछन् भने सावधान रहनुपर्छ भने वातावरण स्वास्थ अनुकुल छैन् भने त्यसबाट बच्न पहिलै प्रवन्ध गर्नुपर्छ।

समयको पहिचान

जोसुकै समझदार मानिसले पहिचान गर्दछ हाल कस्तो समय चलिरहेको छ। सुखका दिन छन् कि दुःखमा जिन्दगी चलिरहेको छ ? यसकै आधारमा काम गर्नुपर्छ। दुःखका बेला धैर्यता नगुमाउनु र समझदारीका साथ अगाडि बढ्नु र सुखमा बेलामा लापरवबाही गर्नुहुँदैन।

गुरु वा स्वामीको चाहनाको पहिचान

मानिसलाई आफ्नो गुरु वा स्वामीको चाहनाको पहिचान हुनुपर्छ। उनी जे काम गराउन चाहन्छन् त्यही गर्नुपर्छ। यसो गर्दा केही अफ्ठ्यारोको सामना त गर्नुपर्ला र यही सही नीति हो।

आय र व्ययको पहिचान

मानिसलाई आफ्नो आय–व्यय अर्थात कमाइ–खर्चको पहिचान हुनुपर्छ। आफ्नै कमाई अनुसार खर्च गर्ने हो। आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।

यो पनि : नगरप्रमुख छाडेर सङ्क्रमित बोक्दै चालक

कोरोना कहरमा शुरुको समय अत्यन्तै कठिन थियो । कोरोना सङ्क्रमित मात्रै होइन, कोरोनाको आशङ्का गरिएकालाई समेत अस्पताल ल्याउन एम्बुलेन्स चालकले नमानेको अवस्था थियो । नेपालकै छैटाँै सङ्क्रमितका रूपमा रहनुभएका बागलुङ नगरपालिका–३ का ६५ वर्षीय महिलालाई लिन गत चैत दोस्रो हप्ता अस्पतालबाट हिँड्न थालेको रेडक्रसको एम्बुलेन्स चालक नै फरार भएपछि स्वास्थ्य कार्यालयका सवारी चालकले सङ्क्रमितलाई अस्पताल ल्याएका थिए ।

यस्तो घटना पुनः काठेखोला गाउँपालिका–५ मा आरडिटी पोजेटिभ देखिएका एक महिलालाई बोक्न रेडक्रस बिहुँ शाखाका एम्बुलेन्स चालक मानेनन् । शुरुमा केही असहज परिस्थितिमा एम्बुलेन्स चालक सङ्क्रमित बोक्न नमानेपछि नेपाल रेडक्रस सोसाइटी बिहुँ शाखा र पैयुपाटा स्वास्थ्यचौकीको एम्बुलेन्सले कोरोना सङ्क्रमित बोक्न थालियो । यद्यपि चालकको अभावै खड्किएपछि बागलुङ नगरपालिकाका हलुका सवारी चालक कमल कार्कीलाई मानवीय भावना पैदा हुन थाल्यो र स्वतःस्फूर्तरूपमा कोरोना सङ्क्रमितलाई बोक्न थाल्नुभयो ।

गत चैत महिनाको पहिलो सातासम्म बागलुङ नगरपालिकाका प्रमुखको सवारी चलाउँदै आउनुभएका काठेखोला गाउँपालिका–७ रेशका ४० वर्षीय कार्कीले नगरपालिकाकै अर्का सवारी चालकलाई नगरप्रमुखको सवारी चलाउन दिएर आफूले सङ्क्रमितलाई एम्बुलेन्समा बोक्दै आउनुभयो । अन्य समयमा नगरपालिकाको अर्को सवारीमा स्वाब सङ्कलनमा जाने स्वास्थ्यकर्मी बोक्दै आउनुभएको थियो । सत्र वर्षदेखि नगरपालिकामा काम गर्दै आउनुभएका कार्कीले १४ वर्षदेखि नगरपालिकाको शुरुमा कार्यकारी अधिकृतको सवारी र पछिल्लो समय नगरप्रमुखको सवारी चलाउँदै आए पनि गत चैतदेखि उहाँले एम्बुलेन्स र नगर स्वास्थ्यकर्मीको सवारी चलाउँदै आउनुभएको छ । अहिलेसम्म १८० सङ्क्रमित र दुई सङ्क्रमितको शव एम्बुलेन्समा बोकिसकेको चालक कार्कीले बताउनुभयो ।

“शुरुमा एम्बुलेन्स चालक सङ्क्रमित बोक्न नमानेको कुरा मैले सुनेको थिएँ, सङ्क्रमितले चालक नपाएर दुःख पाएको थाहा पाएपछि मेयर’सापको सवारी चलाउँदै आएको म एकाएक एम्बुलेन्स चलाउन थालेँ”, सवारी चालक कार्कीले भन्नुभयो, “आखिर चालकले सवारी नै चलाउने हो, सङ्कटमा मानवीय सेवा गर्नुपर्छ भन्ने कुरा मनमा आएपछि सङ्क्रमित बोक्न थालेको हुँ ।” नगरपालिकाको चालक रहेका कार्कीले नगरपालिकाको स्वास्थ्य शाखाको सवारीसमेत चलाउँदै आउनुभएको छ । उहाँले नगरपालिकामा कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब सङ्कलन गर्न जाने स्वास्थ्यकर्मी र क्वारेन्टिनमा खाना पुर्याउनका लागिसमेत नगरपालिकाको सवारी चलाउँदै आउनुभएको छ ।

“सङ्क्रमित बोक्नेबाहेक मैले कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँमा पुर्याउने काम गर्दै आएको छु”, कार्कीले भन्नुभयो, “आफू सुरक्षित भएर सङ्क्रमित बोक्दा सङ्क्रमण सर्ने जोखिम हुँदैन”, पिपिइको प्रयोग गरेर सङ्क्रमित बोक्दा सङ्क्रमण नसर्ने भएकाले अन्य चालकलाई समेत नडराउन उहाँ सुझाव दिनुहुन्छ । उहाँले नगरपालिकाको चालकले पाउने तलब भत्ताबाहेक अग्रमोर्चामा खटिने जोखिम भत्ता र सङ्क्रमित बोकेको भत्तासमेत पाउँदै आउनुभएको छ । एकपटक सङ्क्रमित बोकेमा बागलुङ नगरपालिकाले रु दुई हजार ५०० दिँदै आएको कार्कीले बताउनुभयो ।

अन्य समयभन्दा पिपिइ लगाएर सवारी चलाउँदा निकै समस्या हुने कार्कीको अनुभव छ । उहाँले बलेवाको अमलाचौर, भकुण्डे, पैयुपाटा, बिहुँसम्म पुगेर सङ्क्रमितलाई एम्बुलेन्समार्फत धवलागिरि अस्पताल ल्याउँदै आउनुभएको छ । निकै जोखिमपूर्ण काम रहेको भन्दै एम्बुलेन्स चालकले हात धोएको समयमा आफूले जागिरभन्दा पनि सङ्कटमा मानवीय सेवा र दायित्व सम्झेर सहयोग मात्रै गरेको कार्कीको भनाइ छ । “धेरैबेर पिपिइ लगाएर सवारी चलाउन निकै समस्या हुन्छ, दिसापिसाबसमेत रोकेर राख्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “जागिर मात्रै खाने भए त मलाई कुनै दुःख गर्नुपर्ने थिएन, सरर… एसी गाडीमा मेयर’सापलाई बोक्दा सहजै हुन्थ्यो, तर सङ्कटको घडीमा केही सेवा गरौँ भन्ने लागेर एम्बुलेन्स चालक भएँ ।”

एउटै एम्बुलेन्समा आठ जनासम्म कोरोना सङ्क्रमित एकैपटक बोकेको अनुभवसमेत कार्कीसँग छ । बागलुङ जिल्लाको अन्य स्थानीय तहमा भन्दा बागलुङ नगरपालिकामा धेरै सङ्क्रमित भएका कारण आफूले जिल्लामै सबैभन्दा बढी सङ्क्रमित बोकेको उहाँको भनाइ छ । शुरुमा गाउँबाट समेत सङ्क्रमितलाई जिल्ला सदरमुकामस्थित धवलागिरि अस्पतालमा उपचारका लागि ल्याउनपर्ने भएकाले आफूले धेरै सङ्क्रमित बोक्ने अवसर पाएको उहाँको भनाइ छ । अहिलेसम्म सुरक्षित भएर एम्बुलेन्स चलाएका कारण आफूलाई कोरोना सङ्क्रमण नभएको उहाँको भनाइ छ ।

परिवारसँग छुट्टै बस्नुको पीडा

सङ्क्रमित बोक्न थालेपछि कार्की अधिकांश समय परिवारबाट अलग्गै बस्दै आउनुभएको छ । सङ्क्रमित बोकेको अवस्था र सङ्क्रमणको जोखिम लागेमा नगरपालिकाको स्वास्थ्य शाखामै बस्दै आउनुभएका कार्की पिसीआर रिपोर्टका आधारमा मात्रै परिवारसँग बस्दै आउनुभएको छ । “चैतदेखि यता धेरै समय परिवारसँगै छुट्टै बस्दै आएको छु”, कार्कीले भन्नुभयो, “आफूलाई लागिहाले पनि परिवारलाई नसरोस् भन्नका लागि अधिकांश समय छुट्टै बस्दै आएको छु ।”

प्रतिवादी र जुवाडेले हिरासत भरियो, कोरोना जोखिम बढ्यो

पछिल्लो समय बागलुङ प्रहरीको सक्रियतासँगै धमाधम फरार प्रतिवादी र जुवाडे पक्राउ परेका छन् । हालसम्म १३९ फरार प्रतिवादी र २८ जुवाडे पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसरी धमाधम पक्राउ गरेको प्रतिवादी र जुवाडेका कारण हिरासत र कारागारमा समेत कोरोनाको जोखिम बढेको छ ।

कोरोना सङ्क्रमणको जोखिमका बीच प्रहरीले धमाधम पक्राउ गरेपछि हिरासत र कारागारमा कोरोना जोखिम बढेको हो । यद्यपि प्रहरीले सक्दो सचेतता अपनाइएको जनाएको छ । कोरोनाको जोखिममा केही चुनौती देखिए पनि हालसम्म सक्दो सुरक्षा सचेतता अपनाएर पक्राउ गरिएकालाई हिरासतमा राखिएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । “हिरासतलाई चार भागमा विभाजन गरेका छौँ”, श्रेष्ठले भन्नुभयो, “हामीले पिसीआर गरेर मात्रै हिरासत र कारागारमा पठाउँदै आएका छौँ, यसमा धवलागिरि अस्पतालले समन्वय गरिराखेको छ, पिसीआर गरेको, नमूना सङ्कलन गरेको र नयाँलाई छुट्टाछुट्टै कोठामा राख्दै आएका छौँ ।”

कारागारमा समेत पछिल्लो समयमा ७० फरार प्रतिवादी थपिँदासमेत कोरोना सङ्क्रमण नफैलिएको कारागार प्रमुख मोहन उपाध्यायले जानकारी दिनुभयो । “हालसम्म ७० जना जति नयाँ कैद भुक्तानका लागि थपिए, उच्च सतर्कता अपनाउनाले हालसम्म कोरोनाको लक्षणसमेत देखिएको छैन”, कारागार प्रमुख उपाध्यायले भन्नुभयो, “कारागारको क्षमता विस्तार गरेका छौँ, पिसीआर गरेर प्रहरीले पठाउँदासमेत नयाँ कैदीबन्दीलाई अहिले बनेको नयाँ भवनमा राख्दा सहज भएको छ ।” उपाध्यायका अनुसार फरार प्रतिवादीमध्ये ३० जना एक वर्षसम्मको कैद भएकालाई कोरोना जोखिमलाई ध्यानमा राखेर जिल्ला अदालतले सजायलाई रकममा बदलेर भुक्तानीपश्चात छाडिसकेको छ ।

कारागारमा हाल १४२ कैदीबन्दी छन् । शुरुमा ४५ जना क्षमताको कारागार हालै विस्तार भएर ९० जना क्षमताको बनाइएको छ । प्रहरीले पिसीआर गरेर मात्रै हिरासत र कारागार पठाएपछि धमाधम कारागारमा कैदी र पक्राउ गरी हिरासतमा राखिएका थपिँदासमेत कोरोना सङ्क्रमणको जोखिम नभएको प्रहरीको भनाइ छ ।

यो पनि : सङ्ग्रहालयका सामग्रीको संरक्षण चुनौतीपूर्ण बन्दै

विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन गरिएको लामो समयको बन्दाबन्दीका साथै स्वास्थ्य सुरक्षा सजगतालाई लक्षित गरी बन्द गरिएको पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अहिलेसम्म पनि खुला गरिएको छैन । सङ्ग्रहालय नखुल्दा पर्यटकबाट हुने आम्दानी त भएन नै त्यहाँ राखिएका सामग्रीको संरक्षण अझ चुनौतीपूर्ण बनेको छ ।

सरकारले सङ्ग्रहालय सञ्चालनमा लगाएको रोक खुला नगरेका अवस्थामा कठिन परिस्थितिका बाबजुद लामो समय खर्चेर सङ्ग्रहालयमा सङ्कलित एवं निर्मित महत्वपूर्ण तथा ऐतिहासिक सामग्री विभिन्न प्रकोपबाट जोगाउन मुस्किल भएको हो ।

पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित हिमाल र हिमालीका बारेमा एउटै छानामुनि अध्ययन–अवलोकन गरिने अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा सङ्कलन गरी प्रदर्शनमा राखिएका सामग्रीको संरक्षण चुनौतीपूर्ण रहेको नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्ग्रहालयमा मानिसको आवतजावत कम भएसँगै सङ्ग्रहित सामग्रीमा मुसा, साङ्लालगायतका किरा तथा ढुसी लाग्ने प्रकोप बढ्दै गएको छ । उक्त प्रकोपबाट बचाउन दैनिक सरसफाइलगायत किटनाशक औषधि प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । सङ्ग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भए÷गरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तुलगायतको प्रदर्शन गरिएको छ ।

करिब साढे चार रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण सङ्कलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ ।

नेपाल पर्वतारोहण सङ्घले खरिद गरेको १०० रोपनी क्षेत्रफल जग्गामा पैmलिएको सङ्ग्रहालयको बाहिरी भागमा मनास्लु हिमालको प्रतिरूप निर्माण गरिएको बताउँदै उक्त मनास्लु मोडल अध्ययन अवलोकनकर्ताका लागि छुट्टै आकर्षणको केन्द्र बनेको जनाएको छ ।

विगतमा दैनिक अवलोकनकर्ताले भरिभराउ भएका कारण टिकट काट्ने, चेक गर्ने र गाइडहरु र सरसफाइका कर्मचारीहरु व्यस्त देखिने सङ्ग्रहालय २०७६ चैत ११ देखि २०७७ मङ्सिरको शुरु अवस्थासम्म सुनसान छ । त्यसबाट सङ्ग्रहालयलाई करोडौँको घाटा परेको महासचिव गुरुङको भनाइ छ । सङ्ग्रहालयमा हिमाल आरोहणमा प्रयोग भएका विभिन्न सामग्रीका साथै विगतलाई स्मरण गराउने तस्बिरसमेत प्रदर्शन गरिएको छ ।

सङ्ग्रहालयका निर्देशक शङ्कर गौतमका अनुसार सङ्ग्रहालयमा सङ्ग्रह गरिएका पुरातात्विक महत्वका सामग्रीको सुरक्षा र सरसफाइका लागि विगतमा दैनिक चार कर्मचारीको व्यवस्था गरिएकामा बन्दाबन्दीको समयमा सबै कर्मचारी आलोपालो गरेर खटिएका छन् । “भदौदेखि मङ्सिरसम्म सङ्ग्रहालयमा जात्रा लागेको जस्तै देखिन्थ्यो”, उहाँले भन्नुभयो, “यतिखेर सुनसान सङग्रहालयमा पछिल्लो समय पर्यटक गेटमा आएर बन्द भएपछि फर्कने गरेका छन् ।” बन्द भएका कारण मङ्सिर ३ गते बुधबार मात्र अवलोकन गर्न आएका १५ जनाको टोली फर्कियो ।

पर्यटकीय नगरी पोखराको दक्षिणी भेगमा पर्ने सङ्ग्रहालयस्थलबाट माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरि, लमजुङलगायतका हिमशिखर दृश्यावलोकन गर्न सकिन्छ । पोखराको मौसम सफा भई चाँदीजस्तै टलक्क टल्कने हिमालको दृश्यावलोकन तथा आकाशमा चराजस्तै गरेर उड्ने प्याराग्लाइडिङलगायतका विभिन्न साहसिक खेलमा व्यवसायीले छुट दिएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

कोरोनाका सङ्क्रमणका बाबजुद लामो समयपछि भ्रमणका लागि बाहिर निस्केका पर्यटक सङ्ग्रहालय बन्द हुँदा गेटमा पुगेर यात्रा अधुरो भएको अनुभव सुनाउँदै फर्कने गरेका छन् । पोखरा र आसपासमा अन्तर्राष्ट्रिय सङ्ग्रहालयसहित पोखरा क्षेत्रीय सङ्ग्रहालय, सिग्लेसस्थित गुरुङ जातिका विविध पक्ष समेटिएको इको म्युजियम, पृथ्वीनारायण क्याम्पसस्थित सङ्ग्रहालय आदि रहेका छन् । यी सबै सङ्ग्रहालयमा यतिखेर सङ्कलित सामग्री संरक्षण गर्नु गम्भीर चुनौती बनेको सङ्ग्रहालयका सञ्चालकहरू बताउँछन् ।
–––



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *