प्रस्तावित राजदूत डा. खतिवडा भन्छन् : एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयार छ

प्रस्तावित राजदूत डा. खतिवडा भन्छन् : एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयार छ


२७ कात्तिक, काठमाडौं । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत डा. युवराज खतिवडाले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)बारे प्रष्ट पार्न अमेरिका तयार रहेको बताएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका डा. खतिवडालाई सरकारले अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार संसदीय सुनुवाई समितिमा उपस्थित भएका डा. खतिवडाले एमसीसीबारे आफ्नो भूमिका फेरिएको बताए । अर्थमन्त्रीका रुपमा सम्झौता संसदबाट पारित गराउन महत्वपूर्ण भूमिका खेलेको भएपनि अब परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्ने उनले बताए ।

साथै बुझाइको फरकपनले उठेका कतिपय कुराहरुमा बुझाउने काम गर्ने समेत खतिवडाले बताए । प्रस्तावित राजदूत डा. खतिवडाले भने, ‘म (अमेरिकी अधिकारीहरुसँग) नियमित सम्पर्कमा छु । उहाँहरुले पनि भन्नु भएको छ, यसमा स्पष्ट पार्नुपरे पारौंला । कतिपय कुरा नोटहरु एक्स्चेन्ज गरेर क्लियर गरौंला । कतिपय लेटर अफ् एक्स्चेन्जबाट मिलाउन सकिन्छ, मिलाउँला ।’

अमेरिका अधिकारीहरुले विकासबाहेक अरु स्वार्थ नभएको भनेकाले नेपालमा उठेका विषयहरुमा छलफल गरेर समझदारी बनाउन सकिने उनले बताए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *