प्रशासनमा वातानुकुलित कक्षले मख्ख सेवाग्राही


पौषको सिरोटोमा तातो एसि लगाएको कक्षमा बसेर जिल्ला प्रशासन कार्यालय बाँकेबाट सेवा लिन पाउँदा सेवाग्राही सन्तुष्ट देखिएका छन् । कक्ष बनाउनु अघि सेवा लिन आउने सेवाग्राहीका लागी बस्ने ब्यवस्था थिएन । घामपानी सहेर पालो पर्खने सेवाग्राहीले टोकन प्रणाली लागु भए पछि वातानुकुलित कक्षमा बसेर सेवा लिन पाएका छन् ।

मंगलवार दैनिक नेपालगन्जका सम्बाददाता जिल्ला प्रशासन कार्यालय बाँकेको सेवाग्राही कक्षमा पुग्दा तातो एसि भएको सेवाग्राही कक्षबाट सेवा लिन पाएकोमा सेवाग्राही मख्ख देखिन्थे । सेवा प्रवाह राम्रो र ब्यवस्थित भएको बाँके टिटिहिरियाका सेवाग्राही सरोज थारुले दैनिक नेपालगंजलाई बताए । कार्यालय समय ४ बजेसम्म भए पनि ५ बज्न लाग्दा समेत सेवाग्राहीले सेवा लिईरहेका थिए । टोकन भएका नभएका सेवाग्राहीको काम गर्दा प्राय ६ बज्ने गरेको प्रशासकिय अधिकृत हरिशचन्द्र शर्माले जानकारी दिए ।

सेवाग्राही कक्षमा ५ वटा एसि जोडिएको छ भने सेवाग्राही बस्नका लागी सुबिधाजनक कुर्चिको ब्यवस्था छ । टोकन प्रणाली अन्तरगत ३ स्थानबाट सेवा दिईरहेको प्रशासनले ए बाट प्रतिलिपि सम्बन्धी, बि बाट नागरिकता सम्बन्धी र सि बाट राहदानी पासंपोट सम्बन्धी काम हुने गरेको प्रशासकिय अधिकृत राम कुमार सोनकरले जानकारी दिए ।

बैंक जस्ता प्राईभेट सस्थाले जस्तै सहज वातावरणमा सेवाग्राहीलाइ सेवा प्रदान गर्ने उद्देश्यले सेवाग्राही कक्ष निमार्ण गरिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले बताए । सेवाग्राहीको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हुने भएकाले आफुले सकेसम्म सेवाग्राही सुविधा र सहजतालाई ध्यान दिने गरेको प्रजिअ कुरुम्वाङ्गले बताए । हुन पनि बाँकेको जिल्ला प्रशासन कार्यालयको सेवाग्राही कक्ष नेपालमै उदाहरणिय छ । घामपानीबाट जोगिएर सहज वातावरणमा सेवा लिने पाइएको सेवाग्राही सरोज थारुले बताए । नागरिक सहायता कक्षले काममा सहजता भएको, आफुलाई समय कटाउन गाह्रो नभएको थारुले प्रतिक्रिया दिए ।

बाँकेको राप्ती सोनारीबाट नागरिकता बनाउन आएकी सुनीता कुमारीले पहिले र अहिलेको जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहमा धेरै परिवर्तन र ब्यवस्थित भएको बताइन् । सबै ब्यवस्था राम्रो लाग्यो शौचालयमा प्रर्याप्त पानी र सरसफाइको ब्यवस्था गर्न सके सेवाग्राहीलाई अझै सुबिधा हुने उनको भनाई थियो ।

डुडुवा बालापुरबाट नागरिकता बनाएका आएका गोवद्र्धन यादवले आफुले सहज तरिकाले नागरिकता बनाउन पाएको बताउँदै प्रशासनको सेवा प्रवाह राम्रो र सुबिधाजनक भएका बताए ।
बाँके टिटीहिरियाबाट नागरिकता बनाउन आएकी सेवाग्राही कमला कुमारी थारुले कर्मचारीमा राम्रो ब्यवहार देखिएको र सवाग्राही कक्षमा बस्ने कुर्चि र एसीको ब्यवस्थापनले सेवा लिन सहज भएको बताइन् । मुद्दा फाँट बाहेक दैनिक डेढ सय बढी प्रशासनमा आउने सेवाग्राहीलाई टोकन प्रणालीबाट सेवा दिन सुरु गरिएको र यसले सेवाग्राहीमा आफ्नो पालोमा सेवा लिन सहज भएको प्रमुख प्रजिअ कुरुम्वाङ्गले बताए ।

नेपालगन्ज नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रशासन कार्यालय बाँकेमा निर्माण गरिएको नागरिक सेवाग्राही कक्षको संचालन २ महिना अगाडीबाट संचालनमा आएको हो । प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग बाँकेमा आए पछि कार्यालय ब्यवस्थापनमा बिशेष ध्यान दिने गरेका छन् । कार्यालय परिसरमा पार्किङ्ग स्थल, फुलवारी र सरसफाईमा बिशेष ध्यान दिने गरिएको छ ।

अधिकारकर्मी वसन्त गौतमले जिल्ला प्रशासन कार्यालयको नागरिक सेवाग्राहीको ब्यवस्थापनले कार्यालय सेवाग्राहीलाई सेवा लिन सहज भएको र यसले सुशासन कायम राख्नमा मद्धत गर्ने बताए । प्रशासनमा नागरिक वडापत्र राखी त्यस अनुसार गुणस्तरिय सेवा दिन सके नागरिकलाई सहज हुने गौतमको भनाई थियो ।

The put up प्रशासनमा वातानुकुलित कक्षले मख्ख सेवाग्राही appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *