५ पुस, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको हत्या गरेको बताएका छन् । संसद विघटन गर्ने ओलीको निर्णयलाई उनले संविधानको हत्याको संज्ञा दिएका हुन् ।
‘जबसम्म संसदबाट सरकार बन्नसक्छ तबसम्म संविधानमा संससद विघटनको कुनै प्रावधान छैन’ वरिष्ठ अधिवक्ता त्रिपाठीलेे भने, ‘यसरी संसद विघटन गर्नु भनेको संविधानको हत्या हो, प्रधानमन्त्रीले ‘कू’ गरेका हुन ।’
प्रधानमन्त्री ओलीले २०४७ सालको संविधान सम्झेर ‘कू’ गरेको हुनसक्ने उनको भनाइ छ । ‘जबकी त्यो संविधान अनुसार पनि विघटन गर्न मिल्दैन भन्ने कुरा मनमोहन अधिकारीको बेलामा स्थापित भइसकेको छ’ त्रिपाठी भन्छन् ।
प्रधानमन्त्री ओलीले आइतबार विहान संसद विघटन सिफारिस गर्न आकस्मिक बैठक बोलाएका थिए ।