११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल बुधबार अपरान्ह चितवन गएका थिए ।
बिहीबार हुने आमसभालाई सम्बोधन गर्न अध्यक्षद्वय चितवन पुगेका बेला सर्वोच्च अदालतले मगलबार संसद पुनर्स्थापना गर्ने आदेश सुनायो । सँगै १३ दिनभित्र संसद अधिवेशन बोलाउन भनेको छ ।
अदालतको आदेशबारे सूचना पाएलगत्तै प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाएका छन् । उनीहरुले कार्यकर्तालाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिएका छन् । बुधबार हुने भनिएकाे कार्यक्रम अब विजयसभामा परिणत हुने भनिएको छ ।