पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा १० जना पक्राउ

पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा १० जना पक्राउ


२५ चैत, वीरगञ्‍ज। पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले १० जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पेट्रोलियम पदार्थहरु भारततर्फ चोरी निकासी गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार चम्पारणका ४५ बर्षीय मनोज गुप्ता, बिहारकै ५५ वर्षीय ईदरिश मियाँ, मोतिहारीका ३० वर्षीय प्रिन्स साह, ३५ वर्षीय सागिर आलम र पर्सा जगरनाथपुरका ३९ वर्षीय रामानन्द राम रहेका छन् । यस्तै पर्सा जगरनाथपुरकै २० वर्षीय रवि कुमार साह, ४० वर्षीय मुनी शाह तेली, २२ वर्षीय जालिम गद्दी, ३८ वर्षीय राज कुमार प्र.कुर्मी र ३५ वर्षीय आश महम्द राउत गद्दीलाई पोखरीया पर्सा प्रहरी कार्यालयले पक्राउ गरको छ ।

उनीहरुले विभिन्न मितिमा आयल स्टोरहरुको मिलेमतोमा पेट्रोलियम पदार्थहरु भारततर्फ चोरी निकासी गर्दै आएका थिए । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *