पूर्व सभामुख महरा पत्नीको काठ्माडौँमा निधन


काठमाडौं, १९ कात्तिक ।
पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको आज बिहान कोरोनाका कारण मृत्यु भएको छ । माइस्थेनिया रोगबाट विगत १० वर्षदेखि पीडित उनलाई कोरोना संक्रमण भएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
काठमाडौंको नर्भिक हस्पिटलमा यहि १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको आज बिहान ६ः२५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । दशैँमा पुख्र्याैली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई १३ कात्तिकमा दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।
निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि १४ कात्तिकमा हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो । उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको पारिवारिक श्रोतले जनाएको छ ।
सीता महरा १३ साउन, २०१८ मा रोल्पाको गजुल धौलेगाउँमा जन्मिएकी हुन् । उनको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *