पुनर्जन्म पाएको भन्दै १२ जना पूर्व लागूऔषध प्रयोगकर्ताले मनाए जन्मदिन (फोटो फिचर)


बाँके, २२ कात्तिक ।
लागूऔषध दुब्र्यसनबाट मुक्त भएका १२ जनाले शनिवार जन्मदिन मनाएका छन् । नेपालगन्ज उपमहानगरपालिका–१० स्थित नवकिरण पुनस्र्थापना केन्द्रमा बसेर लामो समयसम्म लागुऔषध दुब्र्यसन नगरेका १२ जनाले शनिवार जन्मदिन मनाएका हुन् ।
लागूऔषध दुब्र्यसन छोडेपछि पुनर्जन्म पाएको खुसीयालीमा नवकिरण पुनस्र्थापना केन्द्रले उनीहरुको जन्मदिन मनाई दिएको हो । लागुऔषधको दलदलमा फसेर जिवन बबार्द बनाएको बताउँदै उनीहरुले लागुऔषध छोडेपछि पुनर्जन्म पाएको बताए । हामीले पहिले आमाको कोखबाट जन्म पायौँ । दोस्रो जन्म हामीलाई नवकिरण पुनस्र्थापना केन्द्रले दियो । त्यसको फलस्वरुप आज हामीले जन्मदिन मनाउन पाएका छौँ,’ जन्मदिन मनाउन नवकिरण पुनस्र्थापना केन्द्रमा आएका एक पूर्व लागुऔषध प्रयोगकर्ताले भने, अहिलेको अवस्थामा नभएको भए हामी अर्कै दुनियाँमा हुन्थ्यौँ होला ।’

१२ जना मध्ये एक बर्ष पूरा भएका पाँज जना, चार बर्ष पूरा गरेका दुई जना, पाँच बर्ष पूरा गरेका दुई, र ८, १० र ११ बर्ष पूरा गरेका एक–एक जना पूर्व लागुऔषध प्रयोगकर्ताले जन्मदिन मनाएको नवकिरण पुनस्र्थापना केन्द्रका कार्यकारी निर्देशक उत्तम खरेलले जानकारी दिए ।
उनले पुनस्र्थापना केन्द्रमा बसेर लागुऔषध प्रयोग गर्न छोडेकाहरुको हौसला प्रदान गर्न जन्मदिन मनाई दिएको बताए । पुनः लागुऔषध प्रयोग नगरेर सादा जिवन बिताउन थाल्नु पुनस्र्थापना केन्द्रका लागि मात्र नभई सिंगो परिवार, देश र समाजका लागि खुसीको कुरा हो । लागुऔषधको दलदलमा फसेर जिवन बबार्द गराईरहेकाहरुलाई सहि दिशामा लाग्ने प्रेरणा दिनु नै हामी सवैको कर्तब्य र दायित्व हो,’ खरेलले भने ।
कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक डम्बर पुनले लागुऔषधले मानिसलाई अन्धो बनाउने बताउँदै पुनर्जन्म पाएका सवैलाई बधाई दिँदै जन्मदिनको शुभकामना दिए । सो अवसरमा जुनकिरी महिला समुहका कार्यक्रम संयोजक रविन्द्रसिंह राठौर, पत्रकार विश्वराज पछल्डङ्ग्या लगायतले प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा जन्मदिन भएकाहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिनुका साथै सामुहिक रुपमा केक काटिएको थियो ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *