पार्टीमा ऐश्वर्याले लगाईन् लाखौंको ड्रेस, कति लाख पर्यो यो ड्रेसको मुल्य ?


एजेन्सी । अक्सर बलीउडमा हुने विभिन्न खाले कार्यक्रमहरुमा होस् या कान फेस्टिवल देखि लिएर रेड कारपेटकै कार्यक्रम किन नहोस् बलीउड अभिनेत्रीहरुले आफुलाई सबैभन्दा राम्रो देखाउनकोलागी मंहगा भन्दा पनि अत्ति महंगा ड्रेस डिजाइन गरेर लगाउने गर्दछन् । आफ्नो लुकबाट सबैलाई हैरान गरिदिने बलीउड अभिनेत्री ऐश्वर्या रायले केहि बर्ष अघि मुकेश अंबानीको डिनर पार्टीमा उनी गएकी थिईन ।

हुन त अंबानीद्धारा आयोजित पार्टीमा बलीउडका स्टारहरुको उपस्थिति हुनु कनै ठूलो कुरा होइन । तर अंबानीको डिनर पार्टीमा ऐश्वर्याको अपीयरेन्स निकै नै खास बन्यो र चर्चामा पनि आयो । उनले अंबानीको पर्टीमा के कदम राखेकी थिईन् उनको निकै नै चर्चा हुन शुरु गर्यो । अंबानीले ऐश्वर्या र अभि‍षेकलाई एउटा केजुअल डिनरकालागी निमन्त्रणा दिएका थिए । सोही डिनर पार्टीमा जब एश्र्वयले लाखौंको ड्रेस लगाएर गईन् तब पार्टीमा आएका सबैको मुख खुलेको खुल्यै भयो ।

खबरका अनुसार उक्त पार्टीकालागी ऐश्वर्या रायको स्टाइलिस्ट आस्था शर्माले केही तस्वीरहरु शेयर गरेकी थिईन् । त्यही मौकाकोलागी ऐश्वर्या ने पहेंलो रंगको टक्सि‍डो गाउन को चुना एलेक्सिस माबिल कलेक्शनबाट लिएकी थिईन् । उक्त गाउनको मूल्य करीब ४ लाख ७० हजार रहेको बताईएको छ । यो गाउनमा ऐश्वर्याले लुई बितोको क्लच पर्स पनि बोकेकी थिईन् । अंबानीको पार्टीमा ऐश्वर्यासंग उनका श्रीमान अभिषेक बच्चन पनि संगै गएका थिए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *