पत्रकार महासंघमा बागी उम्मेदवारी दिएको भन्‍दै कारबाही

पत्रकार महासंघमा बागी उम्मेदवारी दिएको भन्‍दै कारबाही


२३ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको चैत २५ गते हुने चुनावमा बागी उम्मेदवारी दिएको भन्‍दै रमेश मिश्रालाई कारबाही गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले मिश्रालाई पार्टी र नेपाल प्रेस युनियनले गरेको सहमति विपरीत उम्मेदवारी दिएको भन्दै कारबाही गरेको हो।

जिल्ला कार्य समिति कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तपाईले यस पार्टीको शुभेच्छा र संस्था सम्मिलित नेपाल पत्रकार महासंघमा निर्वाचनको सन्दर्भमा नेतृत्वसहित प्रतिनिधिका लागि पार्टी र नेपाल प्रेस युनिनयले गरेको सहमति विपरीत बागी उम्मेदवारी दिइ पार्टी र शुभेच्छुक संस्थाको मर्यादामा आँच पुर्‍याउने कार्य गर्नु भएकाले यहाँलाई १ वर्षसम्म पार्टीबाट निलम्बन गरिएको जानकारी गराइन्छ।’



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *