पञ्चायतको जुठोबाट जन्मेको कम्युनिस्टसँग कांग्रेसको कदापी सहकार्य हुँदैन : बस्नेत

पञ्चायतको जुठोबाट जन्मेको कम्युनिस्टसँग कांग्रेसको कदापी सहकार्य हुँदैन : बस्नेत


४ फागुन, काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कम्युनिस्ट पार्टीसँग कदापी सहकार्य र समझदारी हुन नसक्ने बताएका छन् ।

‘पञ्चायतको गर्भबाट जन्मेको, पञ्चायतको जुठोबाट जन्मेको कम्युनिस्ट पार्टीसँग नेपाली कांग्रेसको कदापी सहकार्य हुन सक्दैन,’ अध्यक्ष बस्नेतले भने । उनले यो धारणा सोमबार ललितपुरको लगनखेलमा आयोजित विरोधसभामा राखेका हुन् ।

‘बन्दुक लिएको जंगलको कम्युनिस्ट किन नहोस्, त्यो सडकको चिसो छिँडीमा बस्ने कम्युनिस्ट किन नहोस्, सत्तामा बसेको कम्युनिस्ट किन नहोस् कसैसँग हाम्रो सहकार्य र समझदारी हुँदैन,’ उनले भने, ‘अन्याय र अत्याचार, भ्रष्टाचार, विकृति लिएर हिँडेको कम्युनिस्ट पार्टीसँग नेपाली कांग्रेसको कतै पनि सहकार्य र समझदारी हुन सक्दैन ।’

नेकपा अध्यक्ष प्रचण्डले संसद विघटनविरुद्धको आन्दोलनमा नेपाली कांग्रेससँग पनि सहकार्य हुने अभिव्यक्ति दिएका बेला कांग्रेस सभापति देउवा निकट बस्नेतको यो भनाइलाई अर्थपूर्ण मानिएको छ ।

उनले अहिले संविधान मिचियो भनेर आन्दोलन गर्ने प्रचण्ड-माधव समूहलाई सोधे, ‘चुनावमा हारेका व्यक्ति बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाँदा संविधान मिचियो कि मिचिएन ? हिजो आफू एक भएर संविधान मिच्दाचाहिँ केही नहुने ?’

नेपाली कांग्रेसले हरेक निणर्ायक राजनीतिक आन्दोलन सफल पारेको, देशलाई गणतन्त्र र नयाँ संविधान दिएको चर्चा गर्दै उनले कम्युनिस्टहरुले देशलाई के दिए भनेर समेत प्रश्न गरे ।

तरुण दल अध्यक्ष बस्नेतले भने, ‘म कम्युनिस्टहरुलाई सोध्न चाहन्छु, तिमीहरुले के दियौ ? नेपाली कांग्रेसले सोध्न सक्नुपर्छ कम्युनिस्टहरुले आजसम्म यो देशलाई के दिएका छन् ?’



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *