नेपा(ल) संवत् लोकले चिन्यो, अञ्जन संवत् अझै अनजान

नेपा(ल) संवत् लोकले चिन्यो, अञ्जन संवत् अझै अनजान


३० कात्तिक, काठमाडौं ।  हरेक वर्ष नेपा(ल) संवत् को दिन, स्वस्तिरत्न शाक्यलाई सबैले ‘न्हुँ दँ या भिन्तुना’ भन्दै नयाँ वर्षको बधाई दिन्छन् । जवाफमा मुसुक्क हाँस्दै शाक्य बधाई फर्काउँछन्, साथै नेवार समुदायको नेपा(ल) संवत्  र विक्रम संवत् भन्दा धेरै अगाडिदेखि अस्तित्वमा रहेको अर्को संवतका बारेमा भन्न पनि पछि हट्दैनन् ।

शाक्यले बताउने गरेको संवत्  भने सबैको ध्यान र ज्ञान भन्दा कोसौँ टाढा, अस्तित्वविहीन झैँ रहीरहेको छ ।

पुरानो संवत्  कति पुरानो हो ?

प्राचीन लुम्बिनीमा, करिब ६०० इसा पूर्वतिर, दुईवटा गणराज्यहरु थिए; एउटा कपिलवस्तु गणराज्य र अर्को देवदह । कपिलवस्तुमा सिहहनु शाक्य राजा थिए भने देवदहमा अञ्जन शाक्य । ती दुई राज्यहरु बिच एउटा ठूलो वन थियो जहाँ कोही मान्छेहरु जाँदैन्थे ।

राजा अञ्जन कि रानी यशोधरा शाक्य थिइन् । एक दिन राजा अञ्जन  र रानी यशोधरा आफ्नो राज्यमा घुम्न र अवलोकनका लागि निस्किएका थिए । रानीले बाटोमा एउटा व्यापारीले बनाएको एकदम राम्रो बगैँचा देखिन् र राजालाई आफ्ना लागि पनि त्यस्तै बगैँचा बनाइदिन भनिन् । राजाले आफ्नो रानीको इच्छा पूरा गर्न देवदहका राजासँग कुरा गरी दुई राज्य बिचमा भएको वनलाई नै बगैँचा बनाउन लगाए ।

रानी यशोधारालाई रुम्बिनी देवी पनि भनिन्थ्यो र राजाले बनेको बगैँचालाई रानीको नाममै “रुम्बिनी बगैँचा” राखिदिए ।  त्यतिबेला मान्छेहरुले ‘र’ लाई ‘ल’ भनेर उच्चारण गर्थे र ‘रुम्बिनी बगैँचा’ लाई ‘लुम्बिनी बगैँचा’ भन्ने गर्थे । अहिले पनि हामी यसलाई लुम्बिनी बगैँचा नै भनेर चिन्छौँ ।

नेपा(ल) संवत्  त अञ्जन  सम्वत्  भन्दा करीब १५०० वर्ष पछि मात्र शंखधर सक्ख्वाले सुरुवात गरेका थिए । यदि नेवा समुदायले आफूलाई नेपालको सबैभन्दा पुरानो समुदाय भएकामा गर्व गर्न चाहान्छन् र भएको पुरानो, समृद्ध इतिहासलाई याद गर्न चाहन्छन् भने अञ्जन  संवतलाई मान्यता दिन थाल्नु नै पर्दछ

केही नयाँ काम सुरु गर्नु अगाडि कामको समृद्धि र दीर्घायुका लागि पूजापाठ गर्ने चलन थियो । र, राजाले बगैंचाको उद्घाटन गर्न शुभ साइतका लागि तत्कालीन राजपुरोहित (शाही पुजारी) कालदेव ऋषिसँग परामर्श लिए । पुरोहितले भने प्रयोगमा रहिरहेको पात्रो अनुसार कुनै शुभ साइत नभएको जनाए । त्यसपछि, त्यहीबेला चैत्र शुक्लपक्ष प्रतिपदाका दिन पुरोहितसँग परामर्श गरी राजाले नयाँ पात्रोको शुरू गरे । त्यही नयाँ पात्रोलाई अञ्जन संवतको नाम दिइयो ।

अञ्जन संवतको पात्रो अनुसार हाल यो २,७११औं वर्ष चलिरहेको छ ।

****

करिब १७ वर्ष अघि, स्थानीय पुजारी र कलाकार स्वस्तिरत्न शाक्यले बज्रानन्द बज्राचार्यले १९७२ सालमा लेखेका पुस्तक “कपिलवस्तुको रुपरेखा” मा यस पुरानो पात्रो, अञ्जन संवतका बारेमा पढे । त्यसपछि शाक्यले महसुस गरे कि नेवार समुदायको इतिहास सोचेभन्दा पनि पुरानो रहेछ र हाल नेवार समुदायले तिहारको चौथो दिनमा न्हुँ दँ (नयाँ वर्ष) को रूपमा मनाउँदै आएका छन्, त्यो समुदायको मूल नयाँ वर्ष नै होइन ।

शाक्यले त्यसपछि यस पुरानो पात्रो प्रणालीका बारेमा शिक्षा दिन र प्रचार गर्न शुरू गरे । यद्यपि उनले आजसम्म यो अभियान एक्लै गर्दै आएका छन् । शाक्यको अनुभवमा, व्यक्तिले दुई तरिकामा उनको विचारलाई प्रतिक्रिया दिन्छन् । कि त शाक्यलाई नै पुरानो कुरालाई चहिनेभन्दा बढी महत्व दिएको भन्दै बौलाहाका रुपमा लिन्छन् वा उनीहरूले नयाँ जानकारीको कदर गरेको भन्छन् । तर, उनको प्रयासमा कोही साथ भने दिन चाहँदैनन् ।

यद्यपि शाक्य भने नेवार समुदायले म्ह: पुजाको दिनमा नभई चैत्र शुक्ल प्रतिपदाका दिनमा न्हुँ दँ मनाउनु पर्दछ भनिनै रहेका छन् । यो वर्ष चैत्र शुक्ल प्रतिपदा चैत्र ३१ मा पर्दछ ।

हरेक वर्ष, विभिन्न माध्यममा, शाक्यले यस पुरानो पात्रो प्रणालीको महत्त्वबारे थाहा दिन विज्ञापन र शिक्षा दिँदै आएका छन् । “नेपा(ल) संवत् , जनवरी १, बैशाख १ को बारेमा त मानिसहरूलाई थाहा छ, तर नेपा मी नेपा(ल)का जनता लाई, अञ्जन संवत् वा महा शाक्य संवतबारे भने थाहा छैन । अञ्जन संवत्  हाम्रो देशको स्थानीय र पुरानो पात्रो प्रणाली हो । नेपा(ल) संवत् ले नेपा(ल) मण्डलको अवधारणासहित मानिसहरूलाई एकै ठाउँमा ल्याएको छ, त्यसमा दुईमत भएन तर यदि हामीले नेपा दे (नेपाल देश) को वास्तविक इतिहास मनाउने हो भने हामीले अञ्जन संवतलाई पनि स्वीकार्नु भने पर्दछ ।”

उनी अझै भन्छन्, “आज हामीलाई पश्चिमबाट आएको ग्रेगोरियन पात्रो र नेपालका तीर्थयात्रामा आएका भारतीय राजा विक्रमादित्यले सुरु गरेको विक्रम संवत् बारेमा राम्ररी थाहा छ । तर हामीसँग आफ्नै भूमिमा शुरू अथवा विकसित भएको पुरानो पात्रोको इतिहास छ भने, त्यसलाई किन न मनाउने । नेपा(ल) संवत्  त अञ्जन  सम्वत्  भन्दा करीब १५०० वर्ष पछि मात्र शंखधर सक्ख्वाले सुरुवात गरेका थिए । यदि नेवा समुदायले आफूलाई नेपालको सबैभन्दा पुरानो समुदाय भएकामा गर्व गर्न चाहान्छन् र भएको पुरानो, समृद्ध इतिहासलाई याद गर्न चाहन्छन् भने अञ्जन  संवतलाई मान्यता दिन थाल्नु नै पर्दछ ।”

तर, शाक्य भन्छन् उनले अहिले प्रयोगमा भएको पात्रोलाई प्रतिस्थापन गर्ने प्रस्ताव गरिरहेका भने हैनन् । यद्यपि उनी जोड दिन्छन् कि नेपालमा बुद्ध धर्मको इतिहाससँग जोड्न र त्यसको अस्तित्व कायम रख्नका लागि भने आज प्रयोगमा भएको पात्रोमै अञ्जन संवतलाई अँगाल्नु आवश्यक छ ।

अञ्जन संवत् को ६८औं वर्षमा सिद्धार्थ शाक्य (अथवा शाक्यमुनी बुद्ध वा गौतम बुद्ध) कपिलवस्तुका राजा सुधोधन र रानी मायादेवीका छोराका रुपमा जन्मिए । मायदेवी भने राजा अञ्जन र रानी यशोधराकी छोरी हुन् । बुद्धले अञ्जन संवत् को १०३औं वर्षमा ज्ञान प्राप्त गरे र उक्त पात्रोको १४८ औं वर्षमा उनको मृत्यु भयो ।

शाक्य भन्छन् कि यदि अञ्जन संवतलाई ‘लुम्बिनी संवत् ‘ का रूपमा अथवा बुद्धका हजुरबुवा अञ्जन शाक्यले सुरु गरेको पात्रोका रूपमा प्रचार गर्ने हो भने यसले अझ मान्छेको बढी ध्यान आकर्षित गर्थ्यो होला, सायद विश्वभरि नै सबैले छिटो यो कुरलाई मन्ने थिए । तर, उनी भने उक्त पात्रो सुरु गर्नेकै नाममा अभियान जारी राख्न चाहन्छन, र जस्को काम हो उसैले नै श्रए पाउनुपर्छ भन्ने चाहन्छन् ।

****

शाक्यका अनुसार अञ्जन संवतको प्रत्यक्षरूपमा कुनै सांस्कृतिक विधिको सम्बद्ध छैन । तर, उनी भन्छन् हरेक वर्ष चैत्र शुक्ल पक्ष प्रतिपदाका दिन काठमाडौँको असनमा पाँचह्रेको तेस्रो दिन मनाउने द्य: ल्वाकेगु महोत्सवसँग केही सम्बन्ध भने रहेको देख्न सकिन्छ । पाँचह्रेका बेला, असनमा काठमाडौँमा रहेको आठ अजीमा मध्ये तीनवटा अजीमाहरु (यतखाको कङ्ग अजीमा, वोटुको लुमरी अजीमा, र तेहवाहलको लुमरी अजीमा) लाई एक ठाउँमा ल्याइन्छ । देवी अजीमालाई शहर र बच्चाहरूको संरक्षकका रूपमा लिइन्छ र त्यही अनुसार प्रत्येक नयाँ वर्षमा, यो चाड मनाउनु र अजीमालाई पूजा गर्नु पछाडि सम्बन्ध भएको भने देख्न सकिन्छ ।

वास्तवमा, उनी थप्छन्, असनलाई मूल रूपमा नेपा(ल) भाषामा अस: भनिन्छ र अञ्जन संवत् मनाउने ठाउँकै रूपमा यस ठाउँको नाम अस:(अञ्जन संवत्  को “अ” र “स:”) रहन गएको हो । शाक्यले यो पनि भन्छन् कि यही कारण असनमा मनाइने चाडलाई असंया: पनि भनिन्छ ।

त्यस्तैगरी, उनको अनुसार केही पुरानो बौद्ध धर्मशास्त्रहरूमा पनि यस पात्रोका बारेमा उल्लेख गरिएको छ । आधुनिक समयका पुस्तकहरू जस्तै बालचन्द्र शर्माको ‘नेपाली संस्कृति’ (१९६३), बज्रनद्र बज्राचार्यको ‘कपिलवस्तुको रुपरेखा’ (१९७२), महाशी धर्मकथिकको ‘कर्म र मानुष्य’ (१९९७) लगायत अन्य धेरै लेखहरू पनि यसको उल्लेख गरेको पाइन्छ ।

****

प्राचीन समयमा केही मानिसहरूले दिनहरू गणना गर्न भित्तामा धर्काहरू कोर्थे भने अरूले दिनहरू निर्धारण गर्न चन्द्रमाको बढ्दै र घट्दै गर्ने आकारको प्रयोग गर्थे । सूर्यको तुलनामा, चन्द्रमा गतिको आधारमा दिनहरूको निर्धारण गर्नु सजिलो थियो, यसको परिवर्तनशील आकारकै कारण संसारमा धेरै प्राचीन पात्रोहरु चन्द्रमाको गति मै आधारित भएको देख्न सकिन्छ ।

स्वस्तिरत्न शाक्य

अञ्जन संवत्  पनि यही चन्द्रमाको गति मै आधारित पात्रो हो । चन्द्रमाको चक्र अनुसार, एक वर्षमा १२ महिना र ३५४ दिन हुन्छन् । र, प्रत्येक तीन बर्षमा, पात्रोमा १३औं महिना {नेपा(ल) भाषामा अनला} थपिन्छ र कुल ३८४ दिन हुन्छन् । यो हरेक चन्द्र पत्रोको प्रणाली जस्तै नै हो, जुन नेपा(ल) संवत् को पनि आधार हो । अञ्जन संवत्  र नेपा(ल) संवत् ले समान चन्द्रमाको गति र तिथिहरू साझारुपमै प्रयोग गर्दछन् ।

पहिलेदेखि नै मानिसहरुमा तांत्रिक रीतिथिति र ज्योतिष विद्या लगायत पाप, पुण्य, पस्चाताप, शुभ साइत, कु-साइत, जस्ता कुराप्रति धेरै विश्वास थियो । चन्द्रमाकै गति अनुसार नै शुभ कार्यहरुका लागि साइत निकालिन्थ्यो ।

शाक्य थप्दछन्, “प्राचीन नेपालमा पात्रोहरु राजाको शासनकालका दिनहरु अथवा र वर्षहरू गन्नका लागि प्रयोग गरिन्थे । भनिन्छ, कपिलवस्तु मै पनि अञ्जन संवत्  अगाडि पनि अर्को पात्रो चलनचल्तीमा थियो जसको नाम शाक्य संवत्  वा कुञ्ज संवत्  थियो । यो शाक्य संवत्  प्राचीन समयमा सर्वसहमतिमा वा बहुमतले नियुक्त भएका एक शाक्य राजाको नियुक्तिपछि अस्तित्वमा आएको थियो । जब अञ्जन संवत् को स्थापना भयो, भनिन्छ यो पुरानो पात्रो अनुसार ८,६४० औँ वर्ष चलिरहेको थियो।” यदि शाक्यले उल्लेख गरेका यो ऐतिहासिक पात्रोबाट हेर्ने हो भने, हालको वर्ष ११,३५१औं वर्ष हुन जान्छ ।

“यद्यपि यसको अस्तित्व वा स्थापना प्रमाणित गर्न हामीसँग पर्याप्त प्रमाणहरू भने छैनन् । तर, अञ्जन संवत् को भने छन् । र यदि हामी नेवा(र) समुदाय, हामी नेपा मीले हाम्रो प्राचीन र मौलिक इतिहासलाई पूर्णरुपले अँगाल्ने हो भने हामीले अञ्जन संवतलाई पनि स्वीकार्नु पर्दछ,” शाक्य भन्छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *