नेपाल एयरलाइन्सबाट हङकङ जान सरकारी ल्याबमा पिसिआर टेष्ट अनिवार्य

नेपाल एयरलाइन्सबाट हङकङ जान सरकारी ल्याबमा पिसिआर टेष्ट अनिवार्य


२९ कात्तिक, काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ ।

सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टाभित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउँदा समेत यात्रुको पुनः पोजेटिभ देखिएको भन्दै निगमले अर्को व्यवस्था नभएसम्मका लागि हङकङ उडानमा सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको हो ।

निगमको महत्वपूर्ण गन्तब्य हङकङ उडानमा केही यात्रुमा बारम्बार  कोरोना पोजेटिभ देखिएपछि त्यहाँको नागरिक उड्डयनले  उडान प्रतिबन्ध लगाइरहेको छ । हङकङले पछिल्लो पटक निगमलाई तेस्रो पटक १४ दिनको लागि उडान प्रतिबन्ध गरेको छ ।

नेपालबाट पिसिआर गरेर गएका यात्रुको त्यहाँ पुनः परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएका कारण निगमको उडान प्रतिबन्ध भएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए । निगमका अन्य उडान गन्तब्यमा भने यस्तो समस्या नरहेको उनले बताए ।

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार हङकङले अन्य मुलुकको उडान पनि प्रतिबन्ध गरेको अवस्थामा नेपाल एयरलाईन्सलाई तेश्रो पटक १४ दिनका लागि प्रतिबन्ध लगाएको छ । ‘मुख्य कारण चाहीँ पिसिआर गरेर गएका यात्रुहरुको त्यहाँ पुनः परिक्षण गर्दा पोजेटिभ रिजल्ट आउनु थियो । सरकारी मान्यता प्राप्त प्रयोगशालाबाट रिपोर्टको आधारमा यात्रा गराउँदासमेत पुनःपोजेटिभ देखिनुले चिन्तित बनाएको छ” महाप्रबन्धक पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

निगमले उडान गर्ने गन्तब्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मान्यताप्राप्त प्रयोगशालाबाट पिसिआर परीक्षण गरी ७२ घण्टा भित्रको रिपोर्टलाई मान्यता दिने गरेको छ ।

निगमले अन्तर्राष्ट्रियतर्फ दुई थान वाईड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *