नेपाली सेनालाई झुक्यायो विप्लव समुहले


काठमाडौ । चितवनमा नेत्र विक्रम चन्द विप्लव समुहको नेकपाले नेपाली सेनालाई झुक्याएको छ । चितवनको रत्ननगरस्थित टाँडी बजारमा निर्माणाधीन आकाशेपुलमा ब’म फेला परेको भन्दै स्थानियले खबर गरेपछि प्रहरी घटनास्थल पुग्यो । घटनास्थलमा प्रहरीले सो बस्तु ब’म जस्तो देखेपछि नेपाली सेनाको डि’स्पोजल टोलीलाई बोलायो ।

सो बस्तुलाई सेनाले डि’स्पोजल पनि गरेको छ तर विप्लव समुहले ब’म जस्तो देखाउन खोजेको बस्तु भने ढुंगा भएको फेला परेको छ । नेत्रविक्रम चन्द ुविप्लवु नेतृृत्वको नेकपाको ब्यानरसहित बिहान शं’कास्पद वस्तु भेटिएपछि त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

प्रहरीका अनुसार डि’स्पोजका क्रममा ब’म जस्तो देखिनेगरी झोलामा ढुं’गा राखेर तार जोडिएको फेला परेको छ।

शं’कास्पद वस्तुसँगै भेटिएको ब्यानरमा सातौं पार्टी पुनर्गठन दिवस भव्यताका साथ सफल पारौं लेखिएको थियो। साथमा ह’सिया हथौडा अंकित झण्डा पनि भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए । उनले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *