नेपालको निजामती कर्मचारी प्रणाली दोषपूर्ण छ : मन्त्री त्रिपाठी

नेपालको निजामती कर्मचारी प्रणाली दोषपूर्ण छ : मन्त्री त्रिपाठी


२४ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले नेपालको निजामती कर्मचारी प्रशासन दोषपूर्ण रहेको बताएका छन् ।

पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहेका मन्त्री त्रिपाठीले प्रशाासन समूहका निजामती कर्मचारी आवश्यकता भन्दा ७० प्रतिशत बढी रहेको दाबी गरे ।

‘म बडा स्पष्टताका साथ अनुभवका आधारमा भन्दैछु, हाम्रो निजामती कर्मचारी प्रणाली दोषपूर्ण छ । त्यसको बनावटै दोषपूर्ण छ’, मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले भने, ‘यसमा प्रशासन समूहका व्यक्ति आवश्यकता भन्दा ७० प्रतिशत बढी छन् । र प्रावधिकहरुको संख्या अत्यन्त कम छ । चाहे त्यो डाक्टर होस्, चिकित्सा र इन्जिनियर होस्, चाहे वन होस्, चाहे कृषि होस् ।’

पञ्चायतकालदेखिको कर्मचारी प्रणाली अहिलेसम्म कायम रहेकाले समस्या रहेको उनको भनाइ छ ।

नेपालमा विकास बजेट खर्च नहुनुको मुख्य कारण प्राविधिक कर्मचारी कम रहनु रहेको पनि मन्त्री त्रिपाठीले बताए ।

‘पैसा गइरहेको हुन्छ, कार्यक्रम गइरहेको हुन्छ तर खर्च भइरहेको हुँदैन’ उनी भन्छन्, ‘मूल कारण यो हो । हाम्रो निजामती कर्मचारी प्रशासनको बनावट नै दोषपूर्ण, त्रुटीपूर्ण छ ।’

देश संघीयतामा गएपछि संघीय सरकारले गरेको कर्मचारी समायोजनमा समेत केही त्रुटी भएको मन्त्री त्रिपाठीले बताए । समायोजनमा भएको त्रुटी सच्याउने काम पनि सुरु भइसकेको उनले जानकारी दिए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *