निर्वाचन क्षेत्रमा श्रममन्त्रीको पुत्ला दहन

निर्वाचन क्षेत्रमा श्रममन्त्रीको पुत्ला दहन


११ पुस, कैलाली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीको शनिबार उनकै निर्वाचन क्षेत्रमा पुत्ला दहन गरिएको छ ।

मन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै नेकपा प्रचण्ड नेपाल समूहले पुत्ला दहन गरिएको हो । ‘उहाँले हामीलाई धोका दिनु भयो,’ नेकपा कैलाली जिल्ला सचिवालय सदस्य पर्सु चौधरीले भने, ‘हामीले बिरोधमा पुत्ला दहन गरेका हौँ ।’

निर्वाचन क्षेत्रमा आएर प्रधानमन्त्रीको विरोध गरेर र काठमाडौँमा गएर मन्त्री भएको प्रति आक्रोश व्यक्त गर्दै उनले निर्वाचन क्षेत्रमा बहिस्कार गर्नेसम्मको तयारी भइरहेको बताए ।

‘सबै साथीहरू रुष्ट हुनुहुन्छ’ उनले भने, ‘उहाँलाई यहाँ आउन दिनुहुन्न भन्नुभएको छ ।’

लामो समय दाहाल-नेपालको समूहमा रहेका चौधरी उक्त समूहबाट एकाएक ओली समूहमा गएर मन्त्री बनेका हुन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विस्तारित मन्त्रिपरिषदबाट उनले श्रम मन्त्रीको जिम्मेवारी पाएका थिए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *