निधारको रेखामा लुकेको हुन्छ यस्तो रहस्य, यसरी थाहा पाउनुहोस् भविष्यफल


काठमाडौँ । संसारका अधिकांश मानिसमा आफ्नो भविष्य जान्ने उत्कट चाहना हुन्छ। त्यसैले मानिसका भविष्यफल बताउने अनेकन शास्त्रहरु र प्रचलनहरु संसारभर विद्यमान छन्। हामीकहाँ चिना, कुण्डली हेराउने, जोखना हेराउने, हात हेराउने प्रचलन ज्यादा छ।

हाम्रो शरीरका विभिन्न रेखा, चिन्ह, शरीरको बनावट, अंगहरुको आकार प्रकार आदि हेरेर भविष्यफल बताउने शास्त्रलाई समुद्र शास्त्र भनिन्छ। यसैमध्ये ललाट रेखा अर्थात निधारका रेखाहरुको आधारमा फलकथन पनि पर्दछ । निधारमा धेरै रेखाहरु हुन्छन् । ती हरेक रेखाहरुको अलग विशेषता र रहस्य बताइएको छ ।

१) निधारको पहिलो रेखाः आँखिभौं नजिकै हुने पहिलो रेखा धनको रेखा हो । यो रेखा निधारमा जति प्रष्ट र सफा हुन्छ व्यक्ति त्यति नै धनले सम्पन्न हुन्छ । व्यक्तिको आर्थिक स्थितिको आँकलन यो रेखाबाट गर्न सकिन्छ । आर्थिक स्थिति कमजोर भएका वा आर्थिक समस्या झेलिरहेका व्यक्तिको निधारको यो रेखा टुटेको वा अस्पष्ट तथा छोटो हुन्छ । यो रेखा प्रष्ट छैन, टुटेको छ, छोटो छ भने तपाईंले आर्थिक क्षेत्रमा विभिन्न समस्याहरुको सामना गर्नुपर्छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

२) निधारको दोस्रो रेखाः दोस्रो रेखा स्वास्थ्यको रेखा हो । यो रेखा जति प्रष्ट र राम्रो छ स्वास्थ्यस्थिति त्यति नै राम्रो हुन्छ । यो रेखा विग्रिएको, टुटेको, हल्का वा छोटो छ भने व्यक्तिको स्वास्थ्यमा बेलाबेला समस्या आइरहन्छ । यस्ता व्यक्तिमा रोग प्रतिरोधी क्षमता कम हुन्छ । यो रेखा प्रष्ट र सिधा छ भने व्यक्ति सधैं स्वस्थ रहन्छ । यो रेखा तलमाथि हुनु, टुट्नुले दीर्घरोगको संकेत गर्दछ ।

३) निधारको तेस्रो रेखाः यो रेखा भाग्यको रेखा हो । यो रेखा धेरै कम व्यक्तिको निधारमा मात्रै हुन्छ । यो रेखा छोटो नै भए पनि जसको निधारमा हुन्छ त्यो व्यक्ति भाग्यशाली हुन्छ । यो रेखा प्रष्ट हुनेहरुको जीवनमा भौतिक सुविधाहरुको कहिल्यै अभाव रहँदैन ।

४) निधारको चौथो रेखाः यो रेखा पनि धेरै कम व्यक्तिहरुमा मात्रै हुन्छ । यो रेखा हुनेहरुको जीवन निकै उतारचढावपूर्ण हुन्छ । यो रेखा हुने व्यक्तिहरुले २७ देखि ४७ वर्षको उमेरसम्म खुब सफलता हासिल गर्दछन् । आफ्नै घर बनाउन पनि यी व्यक्तिहरु सफल हुन्छन् र यिनीहरुको प्रगति पनि निरन्तर भइरहन्छ।

५) निधारको पाँचौं रेखाः यो रेखालाई अलिक खतरनाक रेखाको रुपमा पनि लिइन्छ । यो निकै कम मानिसमा मात्रै हुन्छ । यो रेखा हुने व्यक्तिहरु जतिसुकै सफल भए पनि उसले दुर्भाग्यको सामना गर्नुपर्ने हुन्छ । कैयौं यस्ता व्यक्तिहरु सबथोक त्याग गरेर वैराग्यतर्फ जाने गर्दछन्।

६) निधारको छैटौं रेखाः यो रेखा निधारको सबैभन्दा अन्तिममा हुन्छ । यसलाई दैवीय रेखा पनि भनिन्छ। यो रेखा ऋषिमुनीहरुको निधारमा हुन्छ भनिन्छ । यो रेखा हुनेहरुले समाजमा निकै मान सम्मान प्राप्त गर्दछन् र जीवनमा निकै प्रगति गर्दछन्।

The publish निधारको रेखामा लुकेको हुन्छ यस्तो रहस्य, यसरी थाहा पाउनुहोस् भविष्यफल appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *