नरैनापुरमा आपतकालिन कार्यसंचालन केन्द्र स्थापना


नरैनापुर गाउँपालिकामा स्थानीय आपत्कालिन कार्यसंचालन केन्द्र विहिवार स्थापना भएको छ । विपद्को सूचना आदान प्रदान गर्न र उद्दार तथा राहतको कार्यलाई प्रभावकारी तरिकाबाट संचालन गर्ने अभिप्रयाले उक्त केन्द्र स्थापना भएको हो ।

नेपाल रेडक्रस सोसाइटी र विश्व खाद्य कार्यक्रमको संयुक्त सहकार्यमा नरैनापुर गाउँपालिकामा मौसम पूर्वानुमानमा आधारित बाढी पूर्वसूचना कार्यक्रमको सहयोगमा स्थानिय आपत्कालिन कार्यसंचालन केन्द्र स्थापना गरिएकोे हो ।

यस कार्यक्रमद्धारा आपत्कालिन कार्यसंचालन केन्द्रलाई आवश्यक पर्ने उपकरणहरु कम्प्यूटर, प्रिन्टर, स्मार्ट टि.भी., पावर व्याकप, स्टेचर, टेन्ट, लाइफ ज्याकेट लगायतका सामग्री करीव ६ लाख वरावरको सामग्री हस्तान्तरण भएको छ ।

नरैनापुर गाउँपालिका प्रमुख इस्तीयाक अहमद शाहले रिवन काटेर स्थानीय आपत्कालीन कार्यसंचालन केन्द्रको उद्घाटन गरेका हुन् । प्रमुख शाहले केन्द्रको सहायताले पालिकामा हुने विपद्का सूचनाहरु तत्काल सरोकार निकायहरु सम्म पुर्याउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुङ्गवाङले बाँकेको नरैनापुर विपद्को उच्च जोखिममा रहेको गाँउपालिका रहेको र आगामी दिनहरुमा यस पालिकाहरुबाट २४सै घण्टा विपद्का सूचनाहरु जिल्लामा रहेका जिल्ला आपत्कालिन कार्यसंचालन केन्द्र सम्म छिटो छरितो तरिकाबाट पुग्नेमा आफु आशाबादी रहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका सभापति गोवर्धन सिंह सम्झनाले यो बाँके जिल्लाको तेस्रो स्थानिय आपत्कालिन कार्यसंचालन केन्द्र स्थापन भएको बताए । उनले, आगामी दिनमा सवै स्थानिय तहले केन्द्र स्थापना गर्ने तर्फ ध्यान दिनुपर्नेमा जोडदिदै प्रमुख जिल्ला अधिकारी मार्फत सवै स्थानिय तहमा केन्द्र स्थापनाको लागि समन्वय गरिदिन अनुरोध समेत गरे ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तीयाक अहमद शाहकोे अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक ओम बहादुर राना, सशस्त्र प्रहरी उपरिक्षक अशोक बम, राष्ट्रिय अनुसंधानका उपनिर्देशक नरेन्द्र राज गिरी, नेरेसो बाँकेका मन्त्री अजिज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेश वहादुर श्रीवास्तव, बाँकेका डिएफओ राजु क्षेत्री, डिइओसिका प्रमुख गौरीलाल वुढाथोकी, निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय यादव लगायतको उपस्थिति रहेको थियो ।

The publish नरैनापुरमा आपतकालिन कार्यसंचालन केन्द्र स्थापना appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *