धादिङको बैरेनीमा गाडीले ठक्कर दिँदा पैदलयात्रीको घटनास्थलमै मृत्यु

धादिङको बैरेनीमा गाडीले ठक्कर दिँदा पैदलयात्रीको घटनास्थलमै मृत्यु


२५ चैत, धादिङ । धादिङको बैरेनीमा नम्बर नखुलेको गाडीको ठक्करले एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

गल्छी गाउँपालिका- ३ का अन्दाजी ६५ वर्षका वुद्धिबहादुर उपरकोटीको मृत्यु भएको हो ।

उनको मृत्युपछि स्थानीयले ठक्कर दिने गाडीको खोजी गरि कारवाहीको माग गर्दै साढे ७ बजेदेखि पृथ्वी राजमार्ग बन्द गराएका छन्।

राजमार्ग बन्दका कारण हजारौं सवारी साधन जाममा परेका छन् । गल्छी गाउँपालिका- ३ का वडाध्यक्ष कपिलदेव रेग्मीले मृतकको आफन्त घटनास्थल आएर शव बुझेपछि राजमार्ग खुलाउने बताएका छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *