धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

धनकुटाका कोरोना संक्रमितको धरानमा मृत्यु


२३ कात्तिक, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धनकुटाको पाख्रीबास–३ का ७२ वर्षीय वृद्धको आइतबार दिउँसो १ः५ बजे मृत्यु भएको हो ।

कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएका उनी प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक २२ गते भर्ना भएका थिए । उपचारको क्रममा वृद्धको आइतबार दिउँसो १ः५ बजे मृत्यु भएको उनले बताए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *