दोलखामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

दोलखामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या


८ फागुन, काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका-६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी छन् ।

जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रमुख डीएसपी भेषराज रिजालले अनलाइनखबरलाई बताएअनुसार शुक्रबार राति २ बजे खुकुरी प्रहार गरी हत्या गरिएको पाइएको छ ।

प्रहरीलाई ४ः११ बजे खबर आएकोमा खोजतलास गर्दा भागेर कालिञ्चोक-७ मा पुगेको अवस्थामा बिहानै उनलाई पक्राउ गरिएको रिजालले बताए ।

श्रीमती २३ वर्षीया सुनिता थामीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल, दोलखा पठाउने तयारी गरिएको छ । हाल पारिवारिक विवादमा घटना भएको हुनसक्ने आशंका गरिए पनि थप अनुसन्धान जारी छ ।

 

 



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *