देवता खुसी पार्न भन्दै आफ्नै छोरालाई जे गरिन ……


एजेन्सी, भारतको केरलस्थित पलक्कडमा एक महिलाले देवता खुसी पार्नका लागि आफ्नो ६ वर्षीय छोराको बली चढाएकी छन् । ३० वर्षीया महिला शिक्षकले अल्लाह खुसी पार्न छोराको कु र्बानी दिएकी हुन् । गर्भवती समेत रहेकी महिलाले घाँ टी थि चे र छो राको ह त्या गरेपछि आफैँले प्रहरीलाई खबर गरेकी थिइन् ।

शाहिदा नाम गरेकी महिलाले आइतबार ३ देखि ४ बजेको समयमा पलक्कडको इमरजेन्सी नम्बर ११२ मा फोन गर्दै प्रहरीलाई घटनाको बारेमा जानकारी दिएकी थिइन् । प्रहरीले महिलाको घरको बाथरुमबाट र ग त ल त पतिएको श व बरामद गरेको थियो ।

पहरीका अनुसार शाहिदाकी पति सुलेमान र अन्य दुई बच्चाहरू बेडरुममा सुतिरहेका थिए । तेस्रो एवं सबैभन्दा कान्छो छोरो महिलासँग सुतेको थियो । शाहिदाले छोरालाई उठाएर बाथरुममा लगि यस्तो सम्म गरेकी थिइन् । सुलेमान पलक्कडमा अटो रिक्सा चलाउछन् । शाहिदाले अल्लाहालाई खुसी पार्नका लागि छोराको ह’ त्या गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

यो पनि, भारतीय सेनामा भर्ती हुन नौतनवामा नेपाली युवाको लर्को

काठमाडौं । भारतीय सेनामा भर्ती हुनका लागि भारतको उत्तर प्रदेश राज्यको नौतनवामा नेपाली युवाको लर्को लागेको छ । मार्च ४ देखि १५ तारिखसम्म भारतीय सेनामा नेपाली युवाको भर्ती प्रक्रिया पूरा हुने जनाइएको छ । सोही प्रक्रियामा सामेल हुनका लागि बुधबार ठुलो संख्यामा नेपाली युवा नौतनवा पुगेको भारतीय अखबार ‘अमर उजाला’ को अनलाइन संस्करणमा जनाइएको छ ।

भारतीय सेनामा नेपाली युवा भर्तीका लागि ‘जिआरडी’ (गोरखा रिक्रुटिङ डिपोट’ले आवेदन लिएको हो । ४ मार्चका दिन लुम्बिनी प्रदेशका कपिलवस्तु, परासी, बर्दिया, अर्घाखाँची र दाङ जिल्लाका युवाको भर्ती प्रक्रिया पूरा हुने जनाइएको छ । यसैगरी क्रमशः दैनिक विभिन्न जिल्लाबाट छानिएका आवेदकहरुको भर्ती प्रक्रिया पूरा गरिने ‘अमर उजाला’ ले जनाएको हो ।

नौतनवा इन्टर कलेजको मूख्य गेटमा भर्नासम्बन्धी विस्तृत सूचना प्रकाशित गरिएको र बुधबार नौतनवा पुगेका नेपाली युवाले सोही सूचनाका आधारमा आफ्नो पालो कुरेर बस्नुपर्ने जनाइएको छ । भारतीय सेनामा भर्ना हुनका लागि नौतनवा पुगेका नेपाली युवाहरु नगरका विभिन्न होटल तथा चिनजानका व्यक्तिहरुको डेरामा बस्ने बन्दोबस्तका लागि जुटेको बताइएको छ ।

भारतीय सेनामा भर्ती हुनका लागि कति संख्यामा नेपाली युवाले आवेदन दिएका थिए भन्ने खुलाइएको छैन । सरकारले देशका युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने, विकास निर्माणका कामलाई प्राथमिकता दिइएको बताउँदै आए पनि बर्सेनि लाखौं युवा श्रमका लागि विदेशिनुपर्ने बाध्यता कायमै छ । यसरी विदेशिने अधिकांश युवा खाडी मुलुक पुग्ने गरेका छन् भने अदक्ष कामदारका रुपमा भारतमा रोजगारीका लागि जाने युवाको संख्या पनि निकै छ ।

 



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *