देखेर नि कदापी हेला नगर्नुहोस यो मन्दिरलाई दर्शन गरि भेटि स्वरुप सेयर गदै कमेन्ट ॐ लेख्नुहोस सारा दु:ख नास हुनेछ्न


कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण चलाउनेले अवलोकन र पूजाआराधनाका लागि थुप्रै मानिस गुफामा आउने बताए ।

‘हरेक गुफामा रहेका विभिन्न खालका आकृति असाध्यै सुन्दर छन्,’ उनले भने । स्थानीयले कुमाखमा रहेको गुफाबाट पठाएका कुकुरहरू बाँझकाँडाको मोख्ला र कालागाउँको थदरामा रहेको गुफाबाट निस्किएकाले यहाँका गुफा निकै लामा भएको अनुमान गरिन्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

‘बूढापाकाले गुफाको लम्बाइ पत्ता लगाउन ककुर पठाएको सुनाएका थिए,’ जिमालीका लीलाधर रेग्मीले भने, ‘तर, गुफाको ५० मिटरभन्दा तल कोही गएका छैनन् ।’ कुमाखको टुप्पोबाट १५ जिल्लाका भूभाग देख्न सकिन्छ । यहाँबाट भारतको रुपैडिहासम्म देख्न सकिन्छ ।

कुमाख पहाडमा उच्च पहाडी जंगलमा पाइने महत्वपूर्ण जडीबुटी, वनस्पति र फूल पाइन्छन् । त्यस्तै, दुर्लभ मानिएका चराचुरुंगी र जंगली जनावर पनि यहाँ पाइन्छन् ।

कुमाखमा दृश्यावलोकनका लागि ‘भ्यू–टावर’का रूपमा विकास गर्नसके आन्तरिक पर्यटनका साथै बाह्य पर्यटनको पनि राम्रो सम्भावना रहेको छ । कोजाग्रत पूर्णिमाको दिन यहाँ रहेको सिद्ध मन्दिर र त्यसदेखि केही तल रहेको जिमालीतर्फको समथर भूभागमा मेला लाग्ने गर्छ ।

मेलामा आसपासका विभिन्न गाउँका बासिन्दाले स्थानीय लोकसंस्कृति झल्कने टप्पा, सोरठी, पैसेरी, झाप्रे, सरिंगेजस्ता नाच प्रदर्शन गर्छन् ।

The publish देखेर नि कदापी हेला नगर्नुहोस यो मन्दिरलाई दर्शन गरि भेटि स्वरुप सेयर गदै कमेन्ट ॐ लेख्नुहोस सारा दु:ख नास हुनेछ्न appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *