अमेरिकामा गतहप्ता कोरोनाविरुद्धको खोप लगाउन गएका दुई महिला वृद्धा नभएको पाइएपछि उनीहरु दोस्रो डोज खोप लगाउनबाट बन्चित भएका छन्। फ्लोरिडाको स्वास्थ्य विभागका अनुसार ओरेन्ज काउन्टीमा गत बिहीबार दुई महिला वृद्धाको भेषमा कोरोनाविरुद्धको खोप लगाउन पुगेका थिए।
हाल अमेरिकामा कोरोना खोप कार्यक्रम सुरुवाती चरणमा छ। अहिलेलाई वृद्ध–वृद्धा तथा अग्रपंक्तिका कामदारलाई खोप लगाउन थालिएको छ। अमेरिकी नियमअनुसार ६५ वर्षमा माथिका वृद्धवृद्धालाई खोप लगाइनेछ। त्यसभन्दा तलका उमेर समूहलाई आगामी दिनमा निशुल्क खोप दिइनेछ।
तर ती ४४ र ३४ वर्षका महिला भने दोस्रो डो ज खोप लगाउन भन्दै वृद्धाको भेषमा पुगेका थिए। उनीहरुसँग खोपको वैध भ्याक्सिन कार्ड भएको पनि बताइएको छ।
यद्यपी उनीहरुले पहिलो डो ज खोप लगाए या लगाएनन् भनेर केही खुलाइएको छैन।
स्वास्थ्य अधिकारीहरुले उनीहरु वृद्धा नभएको थाहा पाएपछि खोप दिन अस्वीकार गरेका थिए। हाल ती महिलाहरुको भिडिओ सामाजिक सन्जालमा भाइरल बनेको छ।
प्रहरीका अनुसार ती महिलाको नाम र कार्डमा भएको नाम मिलेता पनि उमेर भने मिलेको छैन। उमेर पहिचान गरेर खोप प्रयोग नभए वृद्ध–वृद्धालाई यस कुराले घाटा पुग्ने भएपछि यतिबेला त्यस विषयमा कडा निगरानी गरिएको छ। (भिडिओ)