दुई महिना देखि कोमामा रहेका १८ वर्षका युवक, चिकेनको कुरा गरेपछि एक्कासी जुरुक्क उठे


तपाइ हामीले फिल्ममा देखेको सिन हो । कुनै आफ्नो नजिकको ब्यक्ति अस्पतालमा कोमामा गएको छ भने उसलाई निकै मन पर्ने घटनाका बारेमा भन्यो भने उसले प्रतिकृया जनाएको हुन्छ । चिकित्सकले आस नगरेका ब्यक्ति पनि चमत्कारीक रुपमा उठेको दृष्य चलचित्रमा देखिएको हुन्छ ।

तर वास्तविक जिवनमा पनि त्यस्तै कल्पना भने गर्न सकिदैन । तर हालै एक जना युवा चिकेनको कुरा सुनेर कोमामा गएको २ महिना जुरुक्क उठेका छन् । मन पर्ने खानाका बारेमा कुरा गर्दा सामान्य अवस्थामा मुखमा पानी आउनु स्वभावीक हो । तर कोमामा गएका ब्यक्ति पनि त्यसरी उठ्छन् भन्ने कुरा भने विश्वास गर्न सकिदैन । मनपर्ने खानाको कुरा गर्नाले युवक कोमाबाट बाहिर निस्किएका छन् ।

६२ दिनसम्म कोमामा रहने १८ वर्षका चियू आश्चर्यजनक तरिकाले कोमाबाट बाहिर निस्किएको खबरले विश्वमा चर्चा पाएको छ । ताइवान न्यूजले बताए अनुसार ताइवानको सिन्चू काउन्टीमा बस्ने १८ वर्षे चियूको यसवर्षको जुलाईमा स्कुटर दुर्घटना भएपछि उनी कोमामा थिए । अस्पतालमा उनको ६ पटक शल्यकृया भएको थियो ।

परिवारका सदस्य निरास थिए । तर उनका दाईले अचानक उनलाई जिस्क्याउँदै चिकेनको कुरा गरे । अस्पतालकी एक नर्सले जानकारी दिए अनुसार उनको कोमाको ६२ औं दिनमा उनका दाइले ठट्टा गर्दै भने, ‘भाइ, म तिमीलाई तिम्रो मनपर्ने चिकन फिलेट खुवाउँदैछु ।’

तर अचम्म भइदियो । चियूको पल्स बढ्न थाल्यो र बिस्तारै उनको चेतना खुल्न थाल्यो । पूर्ण रुपमा निको भइसकेका चियू अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उनी हालै अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीलाई धन्यवाद भन्न केक लिएर गएका छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *