दाह्री ग्याङका युवा सफाचट भएर प्रधानमन्त्री भेट्न पुगेपछि….


नेपालमा एक समुह छ, दाह्री ग्याङ । आपत विपतमा यसले गर्ने परोपकारी कामका कारण यो चर्चामा आउँछ । यस समुहमा आवद्ध सबैले दारी पाल्ने भएको हुनाले नै यस समुहको नाम दाह्री ग्याङ भएको हो ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘दाह्री ग्याङ’का युवाहरुको भेट भएको छ । अचम्म, यस प्रधानमन्त्रीसँग भेट्न गएका केही समुह सदस्य भने सफाचट भएर गएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारका अनुसार दाह्री ग्याङसँगको भेट भनिएपनि त्यहाँ अन्य अभियानका युवा पनि थिए ।

राष्ट्रका लागि युवा भन्ने अभियानमा रहेका युवाहरुलाई प्रधानमन्त्रीले बालुवाटारमा भेट गरेका थिए ।

सल्लाहकार थापाले सामाजिक सञ्जाल ट्विटरमा दाह्री ग्याङका सदस्यसँगको भेटबारे तस्बिर राख्दै ‘राष्ट्रका लागि युवादाह्री ग्याङसँगको भेट ’ भनेर लेखेका छन् ।

राष्ट्रका लागि युवा भन्ने अभियानमा डाक्टर, इञ्जिनियरसहित १ सय ५० भन्दा धेरै संघसंस्था छन् ।

त्यसमध्ये ‘दाह्री ग्याङ’ पनि एउटा हो । यो अभियानमा रहेका युवाहरुले आफूहरुले रकेट बनाउँदै गरेको जानकारी प्रधानमन्त्रीलाई गराएका छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *