दंगीशरण गाउँपालिकाको कार्यालय एक हप्तासम्म बन्द


दाङ, कात्तिक २० ।
दंगीशरण गाउँपालिकाको कार्यालय एक साताका लागि बन्द हुने भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि २१–२७ कात्तिकसम्मका लागि गाउँपालिकाको कार्यालय बन्द रहने कार्यवहाक अध्यक्ष पीमाकुमारी ओलीले जानकारी दिइन् । ‘दंगीशरण गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएकोले यस कार्यालय र मातहतका शाखाबाट प्रदान हुने सेवा एक साताका लागि बन्द गरिएको छ,’ कार्यवहाक अध्यक्ष ओलीद्वारा जारी सूचनामा उल्लेख छ ।
उनले गाउँपालिकाको कार्यालय र मातहत शाखाबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहने बताइन् । उनले सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमा मागेकी छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *