थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि

थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि


१९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । उनीहरुमध्ये एक हजार ३४ जनाको मृत्यु भएको स्वास्त्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ लाख ४४ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ८४४ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३६ हजार ९११ जना संक्रिय संक्रमित छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *