थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि

थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि


२९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ७५३ नमुना परीक्षण गर्दा ८१६ महिला र ११३० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । उनीहरुमध्ये १ लाख ७० हजार ६३२ जना संक्रमणमुक्त भएका छन् भने १२१५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३६ हजार ४५२ संक्रिय संक्रमित छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *