..त्यसपछि उनि प्रेमिकै घरमा पुगेकी थिईन….!


धनगढीः कैलालीमा प्रे’मिकाको ज्या’न लि’एको आ’शंकामा पक्राउ परेका कार्यवाहक वडाध्यक्ष वि’रुद्ध दे’हत्याग दु’रुत्सा’हन मुद्दा परेको छ। जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीमाथि  मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए। उनका प्रेमिका अञ्जिता चौधरीले उनकै घरमा आइतबार विहान मृ’त फेला परेकी थिइन्।

वडा अध्यक्ष चौधरीलाई घटनामा संलग्न भएको आ’शंकामा सोधपुछका लागि प्रहरीले आइतबार नै नियन्त्रणमा लिएको थियो।

मृतकका दाजु रमेश चौधरीका अनुसार अञ्जिता विगत १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी थिइन्। तर वडा अध्यक्ष चौधरीले अञ्जितालाई झु’क्याएर हालै अर्को विवाह गरेको दाबी मृतकका आफन्तजनले गरेका छन्।

प्रहरीका अनुसार मृतक २२ बर्षीया अन्जिता चौधरी वडा सदस्य निरजबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । तर निरजले शनिबार अर्कै युवतीलाई ल्याएका थिए । त्यसपछि गएराति नै अन्जिता र उनको परीवार निरजको कोठामा पुगेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । त्यसक्रममा निरजले अन्जितासँगै अर्की युवती दुवैलाई श्रीमततिको रुपमा स्वीकारेर राख्ने सर्तमा त्यही परीवारले छोडको बताइएको छ ।

प्रहरीका अनुसार नयाँ बनेको घरमा निरज र एक जना कामदारमात्रै बस्ने गर्थे। मृतकको परिवार स्रोतका अनुसार निरज र अञ्जिता लामो समयदेखि प्रेम सम्बन्ध थिए। शनिबार निरजले अर्की महिलालाई भगाएर ल्याएपछि अञ्जिता र उनको परिवार उनको घरमा पुगेका थिए।

दुवै पक्षबीच रातिसम्म छलफल भएको पारिवारिक स्रोतले जनाएको छ। निरजले दुबैलाई श्रीमतीको रूपमा राख्ने भनेपछि ‍अञ्जितालाई निरजसँगै छोडेर उनको परिवार फर्किएको थियो। निरज राति नै भ’गाएर ल्याएकी महिलासँग भागेपछि अञ्जिताले माइतीलाई फोन गरी खबर गरेकी थिइन्। त्यसपछि बिहान उनको शव फेला परेको हो।

वडाध्यक्ष चौधरीलाई घटनामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले आइतबार नै नियन्त्रणमा लिएको बताएको छ ।अञ्जिता केही वर्षदेखी कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी मृतकका आफन्तको भनाइ छ ।

वडाध्यक्ष नरेन्द्र शाहको केही महिनाअघि कोरोना भाइरसका कारण मृत्यु भएको थियो । त्यसपछि वडा सदस्य चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

यो पनि : उन्नत उखुखेतीबारे किसानलाई जानकारी

कञ्चनपुरका किसानलाई आधुनिक प्रविधिको प्रयोग गरी उखुखेती गर्ने तौरतरिका सिकाउन थालिएको छ । भारतीय उखु विज्ञद्वारा आधुनिक तरिका सिकाइएको हो ।

उखु उत्पादक किसान हकहित संरक्षण समिति, महाकाली सुगर इन्डष्ट्रिज प्राइभेट लिमिटेड र नेपाल रेडक्रस सोसाइटीले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाको संयुक्त साझेदारीमा उन्नत उखुखेतीबारे किसानलाई जानकारी दिने शुरु भएको छ ।

भारतको उत्तर प्रदेशको शाहजहाँपुरस्थित उखु अनुसन्धान केन्द्रका डा बिआरएस चौहान, डा एसके शुक्लालगायतको टोलीले किसानलाई उखु रोप्नेदेखि काटनेसम्मको तरिका सिकाउने कार्य गरिरहेको महाकाली सुगर इन्डष्ट्रिजका व्यवस्थापक सिडी पाण्डेयले जानकारी दिनुभयो ।

“भारतीय विज्ञको घुम्ती टोली परिचालन गरी किसानलाई उखुको उत्पादन बढाउनका लागि जानकारी दिने कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “खेत तयार गर्ने, उखुको बीउ तयार गर्ने, रोप्ने, मलखाद, सिँचाइलगायतको व्यवस्था गर्नेलगायतका कार्य विज्ञले सिकाउने गरी रहेका छन् ।”

त्यससँगै रोग किरा पहिचान गर्ने र निदान गर्ने तरिकासमेत सिकाउने कार्य भइरहेको उहाँले बताउनुभयो । हावाहुरीबाट उखुलाई बचाउनका लागि बोटलाई कसरी बाध्ने र काट्दा ध्यान पु¥याउनुपर्ने कुरासमेत विज्ञहरुले किसानलाई जानकारी दिँदै आएका छन् ।

उखुखेतीमा भारतमा प्रयोग भइरहेको प्रविधिको प्रयोग र उखुका बढी उत्पादन दिने जात पहिचान गरी उखुको उत्पादनमा बढोत्तरी गर्नका घुम्ती तालीम उपयोगी हुने एमरेड परियोजनाका कञ्चनपुरका प्रमुख महेश घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म बेलडाँडी, बेलौरी र लालझाडीका किसानलाई भारतीय विज्ञको टोलीले एकदिने उन्नत उखुखेतीबारे तालीम दिएका छन् । उखुखेती हुने अन्य ठाउँका किसानलाई समेत तालीम दिइने उहाँले बताउनुभयो । जिल्लामा रहेका दुई वटा सुगर इन्डष्ट्रिजलाई उखुको अभाव रहेको छ । उखुको अभावमा इन्डष्ट्रिज पूर्ण क्षमताका साथ चल्न सकेका छैनन् ।

किसानलाई उन्नत जातका उखुखेती गरी उत्पादन बढाउनका लागि पाँच वटा ‘टि’ बारेमा समेत जानकारी दिने कार्य भइरहेको छ । पाँच ‘टि’ मा समयमा उखु रोप्ने, ट्राइकोड्रमा विषादीको प्रयोग गर्ने, ट्रेञ्च प्रविधिमा उखु रोप्ने, उखुको बीउ उपचार गर्ने, उखुको टुप्पोतिरको भागलाई बीउका रुपमा प्रयोग गर्ने रहेका छन । पाँच ‘टि’लाई ध्यान दिए मात्रै उखुको उत्पादन बढाउन सकिने उखु विज्ञको भनाइ रहेको छ ।

उखु उत्पादक किसान हकहित संरक्षण समितिका सचिव चेतन राई पुरानो प्रविधिले उखुको उत्पादनलाई बढाउन नसकिने भएकाले नयाँ प्रविधिको प्रयोग उखुखेतीमा गर्नुपर्ने बताउनुहुन्छ । “नयाँ प्रविधिबारे जानकारी लिनकै लागि विज्ञको टोलीलाई बोलाएका छौँ”, उहाँले भन्नुभयो, “पुरानो प्रविधिबाट नयाँ प्रविधिमा उखु किसान रुपान्तरण हँुदै आए पनि अझै नयाँ प्रविधिको प्रयोग र उखुको उत्पादनलाई कसरी बढाउन सकिन्छ भन्नेबारे चिन्तन मनन् गर्नका लागि भारतीय विज्ञ टोलीलाई पहिलो पटक डाँकेका हौँ ।”

जिल्लामा उखुको उत्पादन ४० लाख क्विन्टल हुँदै आएको छ । सञ्चालन हुँदै आएका सुगर इन्डष्ट्रिजलाई ६० लाख क्विन्टल उखु आवश्यक छ । उखुको उत्पादन बढाउने कार्यसँगै क्षेत्रफल विस्तार गरिए मात्रै सुगर इन्डष्ट्रिजलाई आवश्यक उखु आपूर्ति गर्न सकिने सचिव राईको भनाइ रहेको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *