जिल्ला सहकारी संघमा पुनः सुवेदी


जिल्ला सहकारी संघ बाँकेको नेतृत्वमा प्रेम सुवेदी पुनः चयन भएका छन् । बुधबार भएको संघको अधिवेशनले सुवेदीको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा मिना ढुंगाना चयन भइन् ।

समितिको सदस्यहरुमा अल्फात खाँ, प्रकाश ज्ञवाली, जमान सिंह वली, विन्दा कुमारी खरेल, प्रेम बहादुर शाही, निर्मला रोकाय, नवराज उपाध्याय चयन भएका छन् । त्यस्तै, खड्क बहादुर वलीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति बनाइएको छ । जसको सदस्यमा सिता काफ्ले, शेर बहादुर बस्नेत रहेका छन् ।

The submit जिल्ला सहकारी संघमा पुनः सुवेदी appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *