जिउँदै मानिसलाई खाल्डोमा गाडिन्छ, अनि भनिन्छ यो चलन हो


एजेन्सी । भनिन्छ भ्रम र अन्धविश्वासको कुनै सिमा हुँदैन । यसको कुनै एक देश, शहर वा प्रान्तसँग मात्र नाता हुँदैन । यसले त जहाँ जहाँ मानिस रहेका छन् त्यहाँ–त्यहाँ सबै स्थानमा जरा गाडेको छ । कोलम्बियाको मोन्टेरियोको प्रान्तमा एक यस्तो शहर छ जहाँ कुनै पनि बिरामी ठिक हुनको लागि मानिसलाई जमीनमा जिउँदै गाडिन्छ ।

भर्खरमात्र १८ वर्षकी एना बेलेस्ट्रोस नामकी एक युवती कलेजबाट घर आउने समयमा बिजुलीको चोटको सिकार भइन् । उनलाई तुरुन्त अस्पताल पु¥याइयो । तर धेरै दिन उपचार गर्दा पनि पिठको दुखाईमा कुनै सुधार आएन । दुखाई धेरै भएकोले एना ठिकसँग हिड्न र चल्न समेत सकेकी थिइनन् ।एनाको यस्तो हालत देखेर घर परिवार र छिमेकीले उपचारको अजीबको तरीका निकाले ।

घरको आगँनमा एक ठुलो खाल्डो खनियो र खाल्डोभित्र एनालाई राखियो । एनाको गर्दन भन्दा माथि बाहिर देखाइएको थियो । उपचारको लागि यो तरिका अपनाउदा त्यहाँका मानिसहरुले बिजुलीको प्रभाव सकिने र बिरामी पहिलाको जसरी नै हिड्न र चल्न सक्ने विश्वास गरेका छन् ।

बिरामीलाई खाल्डोभित्र ३ घन्टासम्म राखेका थिए । यो प्रक्रिया हप्तामा ४ दिन गरिन्छ । एनाको अनुसार, डाक्टरहरुले मेडिकल चिकित्सा जाने पनि बिजुली चिकित्सा जान्दैनन् । खाल्डो भित्र उपचार गरेर उनलाई सुधार आएको हो । एनाको आमा मिलेनाले छोरीलाई अस्पताल उपचारको लागि लैजादै गर्दा स्थानिय मानिसहरुले प्राचीन पद्धतीको उपयोग गर्न सल्लाह दिएका थिए ।

उनीहरुकै सल्लाह अनुसार गर्दा छोरीको दुखाई कम भएको जानकारी दिएकी छिन् । एनाको खुट्टामा धेरै पोलेको थियो उनको दुखाई कसैले हेर्न सक्दैनथे । डाक्टरहरुले केही उपचार गर्न सकेका थिएनन् । यो उपचार पद्धतीले एनालाई हाल ठिक भएको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *