चोरी गरेको आरोपमा पाँचजना पक्राउ

चोरी गरेको आरोपमा पाँचजना पक्राउ


२६ चैत, काठमाडौं। घरमा कोही नभएको मौका पारी दिउँसै चोरी गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालाजु, महाराजगंज क्षेत्रलाई आधार बनाएर काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानहरुमा दिउँसै चोरी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त,महाराजगञ्‍जले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बालाजुका २५ बर्षीय राजेश लामिछाने ‘कुखुरे’, नुवाकोटका २५ वर्षीय भिम तामाङ ,काठमाण्डौ चन्द्रागिरीका २३ वर्षीय रितेश लामा, धादिङका २७६ वर्षीय बिलाष खतिवडा र धादिङकै २८ वर्षीय नवराज सदाशंकर रहेका छटन्।

प्रहरीले उनीहरुको साथबाट चार थान मोबाइल, एक थान एलइडी टिभी, सुनका गरहगना ३ तोला ४० लाल बरामद गरेको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *