चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

चोभारमा टिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु


३० मंसिर, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका-६ चोभारमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको च्याङसीटार-५ बस्ने २४ वर्षीय सरोज राई रहेका छन् ।

बा.४ ख ४५६५ नम्बरको टिपर र स.१० प ४९१३ नम्बरको मोटरसाइकल एक आपसमा सोमबार राति ठोक्किँदा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *