चाँदीसहित एकजना भारतीय नागरिक पक्राउ

चाँदीसहित एकजना भारतीय नागरिक पक्राउ


११ फागुन, सप्तरी । भारतबाट अवैधरुपमा चाँदी भित्र्याउँदै गरेको अवस्थामा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको भरपुरी घर भएका २६ वर्षीय जोसिम आलम छन् ।

सशस्त्र प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ बेल्हीबाट १ केजी ३९ ग्राम चाँदीसहित उनलाई नियन्त्रणमा लिएको हो । बरामद गरिएको चाँदीसहित आलमलाई राजविराज भन्सार कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *