गोहीले निलेको कुकुरलाई त्यसको मुखबाट जीवितै निकालेको भिडियो भाइरल (भिडियो हेर्नुस्)


एजेन्सी । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । अमेरिकाको फ्लोरिडा राज्यका एक व्यक्तिले गोहीसँग जुधेरै आफ्नो कुकुर जोगाएको भिडियो भाइरल भएको हो । तलाउको नजिकै कुकुर लिएर पुगेका उनले यस्तो अवस्थामा सामना गर्नुपरेको हो । पानी भित्रै गएर उनी गोहीसंग घम्साघम्सी गर्छन ।

७४ वर्षका रिचार्ड विलबैंकले गोहीको मुखवाट कुकुरलाई निकालेको देखिन्छ । फ्लोरिडाको इस्टेरोमा रहेको घर पछाडिको पोखरीमा गोहीले कुकुरलाई घिसारेर लगेपछि आफू पनि पोखरीमा हाम फालेको रिचार्डको भनाइ छ।

उनी भन्छन्,‘म कुकुरसँग पोखरी वरीपरी हिँडिरहेको थिए। गोही क्षेप्यास्त्र जसरी आयो र कुकुरलाई लिएर गयो।’ गोही त्यति छिटो दौडिएको देखेर आफू आश्चर्यमा परेको उनी सुनाउँछन्। पोखरीमा उनले गोहीको मुखलाई जबर्जस्ती खोलिदिएर कुकुर जोगाएका हुन्।

हाल कुकुरको अवस्था सामान्य भएको बताइएको छ। कुकुर ३ महिना अगाडि मात्र जन्मिएको थियो भने गोही पनि सानो थियो। यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *