खबरदार एकता नखल्बलियोस्ः नेकपा स्थानीय नेता


नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को पछिल्लो विवादले विभाजनको विउ रोप्न नहुने सम्बद्ध पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले दबाब दिएका छन् ।
बुधवार नेकपा बाँके बैजनाथ पालिका कमिटी बैठकमा पार्टीका केन्द्रिय सदस्य समेत रहेका बाँकेका इन्चार्ज दिनेश चन्द्र यादवले पार्टी एकतामा खलल नपुग्ने गरि समस्याको समाधान खोज्न सुझाए ।
पार्टीको जिल्ला सह इन्चार्ज समेत रहेका प्रतिनिधि सभा सदस्य महेश्वर गहत राज (अथक) र पार्टी केन्द्रिय सदस्य एवं सुकुम्बासी समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष देवि ज्ञावालीले पार्टी एकता लाई सुदृढ बनाउन तलका सम्पूर्ण कार्यकर्ताहरु एकताको सन्देशको लागि दवाब दिनु पर्ने औल्याए ।
सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष ज्ञवालीले अषाढ मसान्त भित्र सुकुम्बासी समस्या समाधान गरि सक्ने र सोही अनुसार सम्पूर्ण कार्यकर्ताहरु, स्थानीय सरकारलाई सहयोग आग्रह गरे । पार्टीका पालिका अध्यक्ष चन्द्र चौधरीको अध्यक्षतामा बैठक भएको हो ।

The submit खबरदार एकता नखल्बलियोस्ः नेकपा स्थानीय नेता appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *