खजुराका ४० बर्षिय कोरोना संक्रमितको मृत्यु, बाँकेमा मृतकको संख्या ३२ पुग्यो


बाँके, १६ कात्तिक ।
खजुरा गाउँपालिका–३, बी गाउँका ४० बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा नेपालगन्ज मेडिकल शिक्षण अस्पताल, कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई १५ कात्तिकमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।
उनको सोही दिन स्वाब संकलन गरि पिसिआर ल्याबमा पठाइए पनि रिपोर्ट नआउँदै राती ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनीसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *